Comments Add Comment

उम्मेदवारको सुरक्षालाई प्राथमिकता देऊ: निर्वाचन आयोग

२६ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षालाई उच्च प्राथमिकता दिन सुरक्षा अंगका प्रमुखलाई आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले राष्ट्रिय तहको नेता र उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बिहीबार चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया गरी उनले उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए ।

त्यस क्रममा सुरक्षा निकायका अधिकारीहरुले स्थानीय तहको निर्वाचनको अनुभवलाई समेत समेटेर निर्वाचनसम्वन्धी केन्द्रीय योजना तयार पारिएको जानकारी गराएका थिए ।

आगामी मंसिर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । राजनीतिक दलहरुले २९ गते आइतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment