1. ताजा अपडेट
Comments Add Comment

मनिराज वाङ्मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई

२६ असोज, धनगढी । महाकाव्यकार मनिराज जोशीका छोरा गोविन्दराजले स्थापना गरेको ‘मनिराज वाङ्मय पुरस्कार‘ राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिने भएको छ ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली)का अध्यक्ष पदमराज जोशीले विहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रकविलाई उनको जन्मशताब्दीको पूर्व सन्ध्यामा पुरस्कार प्रदान गर्ने निर्णयले गौरवको अनुभूति भएको बताए ।

प्रा. डा. रामचन्द्र भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसानुसार राष्ट्रकविलाई रु एक लाख पुरस्कार राशिको उक्त पुरस्कार दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

गत वर्ष प्रतिष्ठानको संयोजनमा महाकाव्यकार जोशीका छोरा गोविन्दराजबाट १० लाखको अक्षयकोष खडा भई हरेक वर्ष एक लाख रूपैयाँ धनराशिको उक्त पुरस्कार दिने निर्णय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Advertisment