Comments Add Comment

बाल संरक्षण गृहसिफलमा ‘चोकोफनबाल-बाटिका’ उद्घाटन


२६ असोज काठमाडौं । बाल संरक्षण गृहसिफलमा “चोकोफनबाल-बाटिका” खेल मैदान निर्माण सम्पन्न भएको छ । सुजल फूड्स प्रा.लि. द्वारा बिहिबार खेलमैदान उद्घाटन गरिएको छ ।

“चोकोफनबाल-बाटिका”बाल संरक्षण गृह हाताभित्र सुन्दर ढङ्गले निर्माण गरिएको छ । यसमा खेल सामाग्रीहरु चिप्लेटी, ढिकी-च्याउ र पिङ् खेलमैदानमा जडान गरिएको छ ।

त्यस्तै मैदानसँगै जोडिएको पर्खालमाबाल-बालिकाहरु खेलमैदानमा रमाइरहेकाआकर्षक चित्र पेन्ट गरिएको छ । खेल-मैदान विभिन्न रङ्गहरुको प्रयोग गरी कलात्मक ढङ्गलेे बारिएको छ, जसले गर्दा खेलमैदानअझै सुन्दर देखिएको छ ।

खेलमैदानमाबाल-बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र मैदानलाई प्राकृतिक स्वरुपदिनउच्च गुणस्तरको दुबो रोपिएको छ । खेल तथाअन्य निमार्ण सामाग्रीहरु छनौट गर्दा पनिबाल-बालिकाहरुको सुरक्षा मैत्रीहोस् भनेर विशेष ध्यान दिइएको छ ।

सुजल फूड्सको उत्कृष्ट उत्पादनचोकोफनले वर्षौ देखि नेपालीहरुको मन जित्दै आएको छ । यसलाई सन् १९९९ मापहिलो पटक बजारमा ल्याइएको हो । लक्ष्मी ग्रुप अन्तर्गतको भातृसंस्था सुजल फू्ड्स प्रालिले विगतचार दशकदेखि उच्च गुणस्तरको चकलेटहरुको उत्पादन गर्दै आएको छ ।

यसै कम्पनिको स्वामित्वमा रहेको प्रतिष्ठित ब्राण्डहरुः चोकोफन, क्रेभ, रसिलो कयान्डी, फ्रेसो, क्यान्डीम्यान, आदिले लाखौंको मन जित्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment