Comments Add Comment

सुन तस्करको झगडामा मारिए गगन तामाङ

२६ असोज, काठमाडौं । नागार्जुन, ढुंगाखानीमा मृत भेटिएका रसुवा पार्वतीकुण्डका गगन लामाको सुन तस्करले हत्या गरेको खुलेको छ । प्रहरीका अनुसार लामा आफैं तस्करीमा संलग्न थिए । त्यसक्रममा ६ किलो सुन लुटिएको भन्दै भागेपछि उनको हत्या भएको हो ।

१४ असोजमा काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ३ आदेश्वर ढुंगाखानीमा उनको शव भेटिएको थियो । प्रहरी अनुसन्धानका क्रममा प्रहरीले लाक्पा ग्याल्जेन, छिरिङ तामाङ, सबिना तामाङ, प्रकाश शाक्य र लाक्पा तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चिनियाँ नागरिक वाई र तेन्जिङले लाक्पा ग्याल्जेनको समूहलाई असार पहिलो साता १८ किलो अवैध सुन केरुङ हुँदै काठमाडौंसम्म ल्याउने जिम्मा दिएको थियो ।

तस्करीका क्रममा गगनले सुन लुटियो भन्दै १२ केजी मात्र बुझाए । ६ केजी सुन लिएर भागेपछि उनी लाक्पा ग्याल्जेनको समूहको तारो बने । फरार गगनलाई भेट्टाउन यो समूहले सबिना तामाङलाई प्रयोग गरे, जोसँग उनको नियमित कुराकानी हुन्थ्यो ।

सबिनाको आग्रहमा उनी बनस्थलीमा आए, जहाँ लाक्पा ग्याल्जेनको समूह उनलाई पर्खिरहेका थिए ।

यो समूहले चिहानडाँडामा लगेर गगनलाई चक्कु प्रहार गरेको खुलेको छ । घाइते अवस्थामै भागेका उनलाई आदेश्वर ढुंगाखानीमा पुर्‍याएर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment