Comments Add Comment

यूर्इएफए नेशन्स लिगः वेल्स ‘लिग ए’ मा परेन

विश्वकप छनोटको अन्तिम खेलमा पराजित भएको वेल्स युरोपेली फुटबल महासंघ यूईएफएले आयोजना गर्ने नेशन्स लिगको उच्च श्रेणीबाट बाहिरिएको छ ।

नेशन्स लिगमा युरोपका ५५ मुलुकका टोलीलाई चार समूहमा बिभाजन गरी खेलाइनेछ । उच्च श्रेणीको लिग एमा १२ टोलीलाई लिग एमा राखिएको छ ।

रिपब्लिक अफ आयरल्याण्डसँग पराजित हुँदै वेल्स विश्वकप छनोटबाट बाहिरिएको थियो । यूईएफए नेशन्स कपमा वेल्स उत्तरी आयरल्याण्डसँगै लिग बीमा पुगेको छ । इंग्ल्याण्ड लिग एमा छ भने स्कटल्याण्ड लिग सी मा छ ।

छनोट चरणको अन्तिम खेलमा स्वीडेनलाई २-० गोल अन्तरले हराएर नेदरल्याण्ड वेल्सभन्दा उत्कृष्ट ठहरियो र यूईएफएको र्‍याङकिङमा शीर्ष १२ भित्र रहन सफल भयो । यस नतिजाले उसलाई नेशन्स कपको लिग ए मा पुर्‍यायो ।

तर, नेशन्स लिग के हो ? यसले कसरी काम गर्छ ? र यसको उद्देश्य के हो ?

यूईएफएले भनेको छ, राष्ट्रिय टिमलाई प्रतिस्पर्धात्मक बनाउन र अधिक सार्थक बनाउनका लागि फुटबल क्यालेण्डरको ढाँचा तयार पारिएको छ ।

यो प्रतियोगिता सेप्टेम्बर २०१८ मा सुरु हुनेछ । चार समूहमा बिभाजन गरी युरो २०२० सम्म यस प्रतियोगिता हुनेछ । यसले युरो २०२० को छनोटको ड्र समेत निर्धारण गर्नेछ ।

प्रस्तावित संरचनाअनुसार १६ टोलीलाई अन्तिम बरियातामा राखिएको छ । र, युरोपियन च्याम्पियनसिपमा यी मध्ये एक टोलीको सहभागिता निश्चित भएको छ ।

लिगमा रेलिगेसन र प्रमोशनको व्यवस्था पनि छ ।

ए, बी, सी र डी मध्ये प्रत्येकमा तीन या चार टोलीको चार समूह हुनेछ । समूहको ड्र सन् २०१८ को जनवरी २४, बुधबार स्वीट्जरल्याण्डमा हुनेछ ।

नेशन्स लिगको प्रारुप

युरोपका ५५ राष्ट्रिय फुटबल टोलीलाई सन् २०१७ अक्टोवर ११ मा यूईएफएले जारी गरेको बिशेष बरियाताका आधारमा चार लिग समूहमा बिभाजन गरिनेछ ।

लिग ए र बी, शीर्ष दुई डिभिजनमा तीन टोली समावेश गरी चार समूह बनाइनेछ ।

लिग सी मा तीन टिमको एक समूह र चार टिमको तीन समूह हुनेछ । जतकि लिग डी मा चार टिमको चार समूह बनाइनेछ ।

पहिलो चरणको नेशन्स लिग ड्र, २४ जनवरी २०१८ मा स्वीट्जरल्याण्डको लाजोन शहरमा हुनेछ ।

हरेक लिगको चार समूह बिजेता अर्को लिगमा प्रोमोसन हुनेछ भने चार टिम रेलिगेसनमा पर्नेछन् ।

सम्पूर्ण नेशन्स लिगमा सहभागी टोलीहरुको बरियाता विश्वकप तथा युरोकप छनोटमा उनीहरुले गरेको प्रदर्शनको आधारमा निर्धारण गरिनेछ ।

नेशन्स लिगका शीर्ष चार टोलीहरु, जसले मार्च २०२० मा प्लेअफ खेल्नेछन्, बिजेतालाई युरो २०२० मा स्वतः छनोट हुने सुविधा प्रदान गरिएको छ ।

कहिले हुन्छ नेशन्स लिग ?

सेप्टेम्बर, अक्टोबर र नोभेम्बर २०१८ मा महिनामा दुई खेलका दरले समूह चरणमा एउटा टोलीले जम्मा ६ खेल खेल्नेछन् । त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

प्रत्येक लिगका चार समूहका बिजेता सन् २०१९ मा नेशन्स लिगको प्रत्येक लिगबाट फाइनल प्रतियोगितामा सहभागिता लिनेछन् ।

नेशन्स लिगको फाइनल चरण -सेमिफाइनल, तेस्रो स्थान र फाइनल) खेलको आयोजना स्थल डिसेम्बर २०१८ मा यूईएफए कार्यकारी कमिटीद्वारा प्लेअफमा पुगेको टिममध्ये एउटाको होम मैदानमा हुने गरी टुंगो लगाइनेछ ।

युरोकप छनोट कसरी प्रभावित हुन्छ ?

युरो २०२० का लागि १० समूहका शीर्ष दुई टिमहरु स्वतः छनोट हुनेछन् । १० समूहमध्ये ५ समूहमा ५ टोली र ५ समूहमा ६ टोली समावेश हुनेछन् ।

युरो २०२० मा सहभागी हुनेछ २४ मध्ये बाँकी ४ टिम नेशन्स लिगको चार समूह जितेका टोलीहरु हुनेछन् ।

युरो २०२० को छनोट ड्र, यूईएफए नेशन्स लिग सकिएपछि गरिनेछ र नेशन्स लिगबाट छानिएका चार टिमलाई छनोटमा पाँच टिम रहेका समूहमा रहन अनुमति दिइनेछ ।

यूरो २०२० छनोट मार्च २०१९ देखि सुरु हुनेछ । मार्च, जुन, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर २०१९ मा प्रत्येक महिना दुई दुई म्याच डे हुनेछ ।

नेशन्स लिगबाट युरोका लागि छनोट भइसकेका टोलीले समूहको शीर्ष स्थान हासिल गरेको अवस्थामा त्यस समूहमा दोस्रो हुनेले छनोटको अवसर पाउनेछ ।

चारमध्ये प्रत्येक लिगलाई स्वायत्त रुपमा खेलाइनेछ । यसको क्रम सिंगल लिग सेमिफाइनल र सिंगल लिग फाइनल हुनेछ । प्रत्येक लिगका चार बिजेताले युरो २०२० मा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment