Comments Add Comment

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने जमुना गुरुङको घोषणा

२६ असोज, काठमाडौं । जमुना गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङले उम्मेदवारी घोषणा गरेकी हुन् । एनआरएनएको आठौं विश्व सम्मेलन एवं महाधिवेशन शनिबारबाट काठमाडौं सुरु हुँदैछ ।

अष्ट्रेलियाका धनाड्यहरुको सूचीमा परेकी गुरुङ एनआरएनएका वर्तमान अध्यक्ष शेष घलेकी पत्नी समेत हुन् ।

‘विश्वभरीबाट आउनुभएका डेलिगेट्सहरुको आग्रह एवं गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई ध्यान दिँदै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु,’ उनले भनेकी छन् ।

गुरुङले एनआरएनएले निर्माण गरिरहेका मेगा प्रोजेक्टलाई समयमै सम्पन्न गर्ने, ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सफल कार्यान्वयन गर्ने योजना अघि सारेकी छन् । साथै उनले आफ्नो उम्मेदवारीलाई एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रुपमा हेरिदिन समेत अनुरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment