Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः सकियो संसद्को आयु, आज अन्तिम बैठक

२७ असोज, काठमाडौं । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रुपान्तरित संसद्को आयु सकिएको छ । शुक्रबार व्यवस्थापिका संसदको बैठक बसेपछि औपचारिक रुपमा यो संसदको कार्यकाल पूरा हुनेछ । राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले संसद्को आयु आजबाट सकिएकोलाई मुख्य खबर बनाएर छापेका छन् ।

राजनीतिक दलहरुले लोकतान्त्रिक र वाम गठबन्धनमार्फत आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जाने तयारी गरे पनि झमेला भएको छ । निर्वाचन क्षेत्र बाँडफाँटको विषयलाई लिएर दुवै गठबन्धनमा विवाद बढेको पत्रपत्रिकाहरुले लेखेका छन् ।

त्यस्तै चिकित्सा शिक्षा विधेयक संसद्मा रोकिएकोलाई पनि पत्रिकाहरुले आज कभरेज गरेका छन् । विद्युत्तीय पैसा बनाउने कारखानामा प्रहरीले छापा मारेकोदेखि शीर्ष नेताको बैठकसम्मका खबरले अाजका  पत्रपत्रिकाकाे पहिलाे पृषठ भरिएका छन् ।

विद्युत्तीय पैसा बनाउने कारखानामा नेपाल प्रहरीले छापा मारेको विषयलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएर छापेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई केपी ओली र प्रचण्डको खबरदारीलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

निर्धारित मितिमै प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गरेको धारणालाई मुख्य खबर बनाएको गोरखापत्रले संसदको अन्तिम बैठक आज बस्ने जनाएको छ । छानबिन समितिले बुझायो प्रतिवेदनलाई गोरखापत्रले एंकर बनाएको छ ।

विवादास्पद व्यक्ति उम्मेदवार सिफारिसलाई नागरिकले आज महत्त्वका साथ पहिलो पृष्ठमा छापेको छ । भोक सूचकांकमा नेपालको अवस्था सुधारोन्मुखलाई पनि नागरिकले लेखेको छ ।

‘वाम गठबन्धनमा खटपट’ शीर्षक दिएर वाम तालमेलबारे समाचार लेखेको अन्नपूर्णले संसद्को आयु सकिएको अर्को खबरलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुर दैनिकले लोकतान्त्रिक र वाम गठबन्धनको बखेडालाई केलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment