Comments Add Comment

विद्यार्थी सहर झरेपछि विद्यालय खाली, चार विद्यार्थीका लागि दुई शिक्षक !

२७ असोज, काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलास्थित सिर्जना प्राथमिक विद्यालयमा चार विद्यार्थी मात्रै छन् । उनीहरुलाई दुई शिक्षकले पढाउँछन् । गाउँका विद्यार्थी सहरका बोर्डिङ स्कुलप्रति आकर्षित भएपछि विद्यार्थीको खडेरी परेको हो ।

०४४ मा स्थापित यस विद्यालयमा शिशुदेखि ३ कक्षासम्म पठनपाठन हुन्छ । विद्यार्थी संख्या बढाउन विद्यालयले हरेक वर्ष घरदैलो अभियान चलाउँछ ।

तैपनि सात वर्षदेखि विद्यार्थीको संख्या घट्दै गएको प्रधानाध्यापक नैजुङ गुरुङले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment