Comments Add Comment

आर्थिक समाचार: कामदारको पारिश्रमिक बढ्दै

२७ असोज, काठमाडौं । सरकारले आगामी साउनदेखि लागू हुने गरि कामदारहरुको न्युनतम पारिश्रमिक पुनरावलोकन गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले हालको न्युनतम पारिश्रमिक समयसापेक्ष नभएको भन्दै पुनरावलोकन गर्ने तयारी गरेको हो ।

प्रत्येक दुई वर्षमा श्रमिकहरुको पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ । आजको कारोबार दैनिकले कामदारको पारिश्रमिक बढ्दैलाई मुख्य समाचार बनाएको छ । चारवटै ठूला विमानस्थलको प्रगति सुस्तलाई पनि कारोबारले लेखेको छ । हिउँदमा भारतबाट ५५ मेगावाट आयात नहुनेलाई पनि कारोबारले लेखेको छ ।

इन्धन भण्डार निर्माण सन्दर्भमा बाँकी ठाउँमा अधिग्रहणमार्फतलाई अन्नपूर्ण दैनिकले मुख्य समाचार बनाएको छ । समन्वय अभावले आयोजना प्रभावितलाई पनि अन्नपूर्णले लेखेको छ । ५५ करोड लगानीमा चामल उद्योग भन्ने खबर अन्नपूर्णमा छ ।

बोइङ–७५७ को लीलामीमा घोटालालाई अभियानले मुख्य समाचार बनाएको छ । बीबीले किन्यो १५ करोडमा निगमको बोइङलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । मन्त्री नै चलाउछन् मेनपावरलाई पनि नागरिकले लेखेको छ ।

राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति निराशाजनकलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । सार्वजनिक संस्थानलाई महालेखाको ताकेतालाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment