शनिबार, १ पुष, २०७४
OnlineKhabar.com

राप्रपा इलामबाट उम्मेदवार सिफारिस

अनलाइनखबर

२७ असोज, इलाम । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले पनि उम्मेदवार चयन गरेको छ ।

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ बाट लालबहादुर डाँगीको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, प्रदेशसभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ इन्द्रकुमार लामा, ऋषिकेश ओझा र समानुपातिकतर्फ सांसद लीलादेवी श्रेष्ठ र गणेशबहादुर चौहानको नाम सिफारिस गरिएको छ ।

राप्रपाले प्रदेशसभाका लागि क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ नसिव राई र प्रताप चापागाईंलाई उम्मेदवार सिफारिस गरेको छ भने प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा डिगबहादुर कोइराला, माया चौहान, जीवन पाण्डे र दामोदर दाहाललाई सिफारिस गरेको राप्रपा जिल्ला अध्यक्ष यामप्रसाद चापागाईंले बताए ।

२०७४ असोज २७ गते ८:३२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this