Comments Add Comment

करेन्ट लागेर झापामा एकको मृत्यु

२७ असोज, झापा । झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोइरालालाई घरमा खाना पकाउनेक्रममा विहिबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment