बिहीबार, २ कार्तिक, २०७४
OnlineKhabar.com

उदयपुरमा एकलाख ९५ हजार मतदाता

२७ असोज, उदयपुर ।  आगामी मंसिर १० र २१ गते हुन गइरहेको केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उदयपुरमा एकलाख ९५ हजार मतदाता संख्या पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार गत स्थानीय तहको निर्वाचनमा जिल्लामा मतदाताको संख्या एक लाख ६४ हजार ४४१ रहेको थियो ।

गत साउन महिनामा पुनः फोटोसहितको मतदाताको नामावली दर्ता गर्ने मिति निर्धारण गरेपछि उदयपुरमा करिब २२ हजार ४३४ जना मतदाता वृद्धि भई एक लाख ९५ हजार मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख एकबहादुर बस्नेतले बताए ।

विगतमा उदयपुरमा केन्द्रका लागि प्रतिनिधिसभाका तीनवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो भने हालको नयाँ पुनःसंरचना अनुसार दुई निर्वाचन क्षेत्र केन्द्रको प्रतिनिधिसभाको लागि र चार निर्वाचन क्षेत्र प्रदेशसभाको लागि निर्धारण गरिएको छ भने स्थानीय तहमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन् ।

२०७४ असोज २७ गते १०:२९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this