Comments Add Comment

चलचित्र संघसँगको विवाद मिलाउन रोजको संयोजकत्वमा वार्ता समिती गठन


केही दिनयता नेपाली चलचित्र क्षेत्र निर्माता र हल संचालकबिचको लडाइले तरंगित भएको छ । चलचित्र संघले हलमा र डीसहोममा एकैदिन चलचित्र रिलिज गर्न नपाइने र गरेको खण्डमा हलमा चलचित्र नचलाउने निर्णय गरेसँगै चलचित्र क्षेत्रमा बहस सुरु भएको छ ।

निर्माताले आफ्नो सम्पत्ती जहाँ पनि देखाउन पाउने भन्दै निर्माताहरुले बहस गरिरहेका छन् भने चलचित्र संघले डीसहोममा, चलचित्र हलमा रिलिज भएकै दिन देखाउँदा नेपाली चलचित्र क्षेत्र धरासायी हुने बताइरहेको छ ।

चलचित्र संघको यो निर्णयको बिषयमा पहिलो पटक चलचित्र निर्माता संघ, नेपालले मुख खोलेको छ । संघको बिहिबार बसेको बैठकले महासचिव रोज राणाको संयोजकत्वमा बार्ता समिती गठन गरेको छ । सौहार्दपूर्ण रुपमा नेपाल चलचित्र संघसँग वार्ता गर्नका लागि गठित टोलीमा छविराज ओझा, विकासराज आचार्य, रौनक विक्रम कँडेल, करण श्रेष्ठ सदस्य रहेका छन् ।

यो टोलीले चलचित्र संघसँग वार्ता गरेर निचोड निकाल्ने बताइएको छ । निर्माताले आफ्नो लगानी उठाउन विभिन्न विकल्प उठाइरहेको समयमा चलचित्र संघले एकलौटी निर्णय गरेको भन्दै निर्माताहरुले विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment