Comments Add Comment

प्रहरी दिवसः आजीवन प्रहरी ‘कान्छा बा’

२७ असोज, गोरखा । ‘नागरिक पनि विना बर्दीका प्रहरी हुन् ।’ प्रहरीले बर्दी लगाएर राष्ट्रको सेवा गर्छन् भने नागरिकले बर्दी बिना । तर गोरखा नगरपालिका-६ का ८२ वर्षीय कान्छा बा उर्फ नारायणभक्त अर्यालसँग भने यो दुवै अनुभव छ । ३३ बर्ष सम्म नेपाल प्रहरी भएर राष्ट्रको सेवा गरेका उनले अवकाश पश्चात पनि निरन्तर प्रहरीको हकहितका लागी काम गरिरहे ।

२०१२ सालमा प्रहरी सेवामा जोडिएका अर्याललाइ अवकाश पछि पनि राष्ट्रको सेवा गर्ने धोको पुगेन । अवकाश पश्चात पनि उनी जिल्लामा पूर्व प्रहरी संगठनको नेतृत्व लिएर सेवामा तल्लिन छन् ।

२०४५ सालमा उनले प्रहरीको जागिरबाट अवकाश लिएका थिए । त्यस यता बिभिन्न संघसंगठनमा आवद्ध भएर सामाजिक कार्यमा लागेका उनी २०४८ साल बैशाखदेखि जिल्लाका भूतपूर्व प्रहरीहरुको हक अधिकारका निम्ति नेतृत्वदायी भूमिका खेल्दै आए ।

संगठन स्थापना कालदेखि हालसम्म ६ पटक अधिवेशन भएपनि उनलाई नेतृत्वको जिम्मेवारी दिइँदै आइएको छ । पूर्व प्रहरीको हकहितका लासग उनले गरेको कार्य सराहनीय भएको भन्दै प्रशंसा गर्नेहरु पनि उत्तिकै छन् ।

६२आैं प्रहरी दिवसको अवसरमा आज उनी सम्मानित पनि भए । जिल्ला प्रहरी कार्यालय गोरखाले उनलाइ दोसल्ला ओडाएर सम्मान गर्‍यो । तर उनी सम्मानित भएको यो पहिले पटक होइन ।

हरेक बर्ष मनाइने प्रहरी दिवसको अवसरमा योगदानको कदर गर्दै उनी सम्मानित हुँदै आएका छन् ।

राष्ट्र प्रति आफूले गरेको सेवा वापद सम्मानित हुन पाउँदा उनी दंग छन् । ८२ बर्ष पुग्दा समेत राष्ट्रको सेवा गर्ने धोको नपुगेको बताउने उनी अझै सेवामा तल्लिन रहने बताउछन् ।

ब्राम्हणको छोरा अर्याल कसरी जोडिए प्रहरी सेवामा ?

गोरखा नगरपालिका वडा नम्वर ६ दरवारमार्ग घर भएका अर्याल अध्ययनको सिलसिलामा काठमाडौं बस्थ्ये । आफन्तको घरमा बसेका उनी एक दिन कोठा भाडामा बस्ने स्याङजाका साथीसँग काठमाडौ घुम्न निस्किए ।

बग्गीखाना पुग्दा मानिसको भिड देखेर के भएको रहेछ भनेर हेर्न जाँदा तत्कालीन प्रहरी प्रमुखसँग भेट भयो । प्रहरी प्रमुखले सोध्न भ्याइहाले, ‘के हेरेको केटा हो, प्रहरीमा जागिर खाने हो ?’ उनी पनि जागिर खाने अवसर गुमाउन चाहदैनथ्ये । सोध्न नभ्याउदै हुन्छ भनिहाले ।

अर्यालले हुन्छ भन्नासाथ प्रहरी प्रमुखले उनलाई हेड कन्स्टेवल (अहिले हवल्दार)को रुपमा पाँच नम्वर एरिया पोखराको एसपी अपिसमा खटाउन निर्देशन दिए ।

१८ बर्षको उमेरमा उनी हेडकन्स्टेवलको रुपमा २०१२ साल माघ १ गते पोखरा पुगे । तीन बर्ष पोखरामा कार्यरत भएसँगै उनी गोरखामा सरुवा भएर आए । १८ बर्ष सम्म उनी एउटै पदमा रही सेवा गरिरहे । २०३० सालमा उनी असईमा प्रमोसन भए र २०३६ सालमा सई भए ।

त्यसपछि २०४५ सालमा उनले प्रहरी सेवाबाट अवकाश लिए । जागिरको दौडान उनी बिभिन्न जिल्लामा रहेर सेवा गरे । ब्राम्हणको छोरा भएकाले प्रहरी निरिक्षकको पारिवारिक चिठ्ठीसमेत उनले लेख्ने गर्थे । प्रहरी चौकीदेखि हेडक्वाटरसम्म काम गरेको उनको अनुभव छ ।

प्रहरी सेवामा जोडिँदा उनको तलव ४७ रुपैयाँ थियो । अवकाश लिनु अघि सई हुँदा उनको एक हजार एक सय १५ रुपैया तलव थियो । अवकाश लिँदा ८०० पेन्सन पाउने उनले अहिले १७ हजार पाँच सय रुपैया पेन्सन लिन्छन् ।

प्रहरीबाट अवकाश लिए पनि हाल उनी जिल्लाका ४०० भन्दा बढी पूर्व प्रहरीहरुको नेतृत्व लिएर उनीहरुको हकहितका लागी लागी परेका छन् ।

‘मुस्किलले ज्यान जोगाएँ’

२०१८ सालमा गोरखाको ठाँटीपोखरीमा ‘अराष्ट्रिय’ तत्व नियन्त्रण गर्न जाँदा उनी मुस्किलले ज्यान बचाएर भागेका थिए । २०१७ सालमा राजा महेन्ऽले सत्ता आफ्नो हातमा लिएर सम्पूर्ण पार्टीहरुलाई प्रतिबन्ध लगाएपछि असहज परिस्थिति सृजना भयो ।

तत्कालीन सरकारी भाषामा त्यस्तै पार्टीका कार्यकर्तालाई अराष्ट्रिय तत्व भनिन्थ्यो । उनीहरुलाई नै नियन्त्रण गर्न जाँदा उनी घेराबन्दीमा परेका थिए । मुस्किलले ज्यान जोगाउन सफल भए ।

गोरखामा पनि प्रहरी दिवस मनाइयो

६२ औ प्रहरी दिवस जिल्ला प्रहरी कार्यालय गोरखाले पनि बिभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा भूतपूर्व प्रहरी नारायण भक्त अर्याल र बैकुण्ठ अर्याल सम्मानित भएका छन् ।

दिवसकै अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक मोहनबहादुर खड्का, ओमबहादुर घिमिरे, प्रहरी सहायक निरीक्षक काजीमान श्रेष्ठ, प्रहरी हवल्दार केदारबहादुर भट्ट, एक नारायण कुमाल, प्रहरी जवानहरु बिष्णु थापा, महेन्ऽ राम्जाली, टोप बहाुदर अधिकारी र सिम्रन राय रहेका छन् ।

त्यस्तै दिवसको पूर्वसन्ध्यामा भएको दौड प्रतियोगीताका बिजेताहरुलाइ पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले आगामी दिनमा प्रहरीले नागरिक मैत्री कार्यक्रमलाइ प्राथमिकता दिदै नागरिक र प्रहरीबीचको सम्बन्ध सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment