Comments Add Comment

पारस खड्का २६ रनमा आउट (लाइभ)

२७ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ । कप्तान पारस खड्का २६ रनमा पभेलियन फर्किएका छन् । त्यसअघि

चाैथाे नम्बरका ब्याट्सम्यान यू-१९ टाेलीका कप्तान दिपेन्द्र सिंह एेरी ३ रनको व्यक्तिगत स्कोरमा अाउट भएका थिए । १६.३ अोभरमा इशान खानको बलमा उनी अाउट हुन पुगे । नेपालले ५६ रन बनाएको छ ।

यसअघि ओपनर सागर पुनलाई ३ रनमा गुमाएको नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई २१ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो

१२.४ ओभरमा टिमको स्कोर ४६ रन हुँदा अइजाज खानको बलमा मल्ल क्याच आउट भए ।

यसअघि ओपनर सागर पुनले मात्र ३ रन बनाउन सके । तान्वीर अफजलको बलमा इशान खानको हातबाट सागर क्याच आउट हुन पुगे ।

अहिले पाँचाैं ब्याट्सम्यानको रुपमा क्रिजमा अारिफ  शेख आएका छन् । कप्तान पारस खड्का २५ रन बनाएर खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment