Comments Add Comment

ब्रोकन चर्चः मकाउको पर्यटक लठ्याउने गन्तव्य (तस्वीर सहित)

चीनको मकाउमा भएको एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा)को वाषिर्क कार्यक्रममा टाँगिएको प्रमुख ब्यानरमा एउटा तस्विर राखिएको थियो । भत्किएर जिर्ण भएको देखिने तर निकै आकर्षक दृष्यले भरिएको थियो सो तस्वीर ।

तस्वीरको शौखिन भएर होला, मैले कार्यक्रममा सहभागी हुनेवित्तिकै आयोजकहरुलाई सोधेँ, ‘यो कहाँको तस्विर हो ?’ आयोजकमध्येका एकले भने, ‘ब्रोकन चर्च’ । यदी समय र परिस्थितिले साथ दियो भने म यो स्थान पुग्ने सोचेँ ।

हामी मकाउ आएको थाहा पाएपछि रोजगारीको सिलसिलमा मकाउ आएका भक्तपुर सिपाडोलका दिबेन्द्र थापा हामी बसेको होटलमा आए । ‘ब्रोकन चर्च पुगिएन भने मकाउ आउनुका मज्जा आउँदैन,’ उनले भने ।

उनले ब्रोकन चर्चको नाम लिनबित्तिकै म उत्साहित भएँ । नागरीक दैनिकका शुशील भट्टराई, काठमाण्डु पोष्टका संगम प्रसाई र म चर्च जानका लागी तयार भयौ । रातको करीब नौ बजी सकेको थियो । दिवेन्द्रले भने, ‘दिनमा भन्दा रातमा मकाउ घुम्न स्वाद आउँछ ।’ हामी पनि राति नै गयौं ।

जताततै विशाल भवनहरु । बिचमा अग्लो थुम्को । थुम्कोमा फुल तथा रुखहरुको हरियाली । थुम्कोको टुप्पोमा युद्ध लड्नलाई तयार गरेर राखेेको जस्तो देखिने तोप । नजिकै भत्केको जस्तो देखिने चर्च, जसको नाम नै हो ‘बोक्रन चर्च’ ।

मकाउको मध्ये बिन्दुमा पर्ने यो स्थान पर्यटकको प्रमुख गन्तब्य स्थलका रुपले प्रख्यात रहेको छ । यो चर्च सन् २००५ मा विश्व सम्पदामा सुचिकृत भएको हो । यसको निर्माण भने सन् १५६२ मा भएका हो । निर्माणकै क्रममा पटक-पटक आगलागी भएपछि त्यत्तिकै छोडिएको रहेछ ।

विश्वसम्पदा सुचिकृत हुनु आफैमा महत्रवपुर्ण हो । तर यति मात्र नभएर यो स्थानमा बाह्य र आन्तरिक पर्यटकहरुको पनि आगमन हुने गर्दछ । अग्लो स्थानमा भएका कारण मकाउ शहर हेर्नका लागी उपयुक्त स्थलन मानिन्छ बोक्रन चर्च परिसर । जता ततै भवनहरु बाकी रहेको स्थना समुन्द्र भएकाले पनी खुल्ला स्थानको अभाव रहेको छ मकाउमा । बोक्रन चर्च खुल्ला तथा अग्लो स्थानमा भएकाले यहा दैनिक विहान तथा साझको समयमा ब्याम गर्न आउने मानिसहरुको भिड समेत लाग्ने गर्दछ ।

दिनमा भन्दा रात्रीको समयमा पर्यटकहरुको आगमन उल्लेखनिय रुपमा आउने गर्दछन । बोक्रन चर्चमा जुन लाईटीग अर्थात प्रकाशको सयोजन जसरी गरीएको छ त्यस्ले चर्चको सुन्दरतालाई झनै मनमोहक बनाएको छ । चर्चको अगाढी भागबाट हेर्दा लाग्छ चर्च केही भएको जस्तो देखिदैन । तर चर्चको पछाडी भाग पुरै भत्कीको । यही भएर होला यसलई बोक्रन चर्च भनीएको ।

हामीले सिक्नुपर्छ

युवराज न्यौपाने, एन आर एनका कोषध्यक्ष, मकाउ

बोक्रन चर्च पुग्दा मैले आफ्नो देशमा रहेका सम्पदाहरुलाइ सम्भिmएँ । हाम्रो देशमा अथाह सम्पदा छन् तर तीनको उचित संरक्षण तथा प्रचारप्रसार हुन सकेको छैन । विश्व सम्पदामा सुचिकृत मात्र नेपालमा १० वटा स्थान रहका छन् । तर ती दशवटै स्थानमाभन्दा बोक्रन चर्चमा आउने पर्यटकको संख्या बढी रहेको छ ।

यहाँको संरक्षण तथा प्रबर्द्धन नै पर्यटकीय आकर्षणको प्रमुख आधार हो । तर हाम्रो नेपालमा सम्पदाहरुको उचित संरक्षण हुन सकेको छैन । यहाँ त दिन र रात छुट्टाउनै गाह्रो हुन्छ । हामीकहाँ रहेका सम्पदा स्थलहरुमा रातको समयमा बत्ति नै हुदैन । पर्यटकहरु रमाईलो तथा आनन्द लिन आउने हुन् । त्यसकारण सम्पदाको जर्गेनासहित प्रचार प्रसार जरुरी रहेको छ ।

मकाउमा दैनिक एक लाखको हाराहारीमा पर्यटक आउने गर्दछन् । मुख्यतया यहाँ क्यासिनो खेल्न पर्यटकहरु आउने हुन् । मकाउमा रहेका अधिकाश क्यासिनोमा नेपाली गार्ड रहेका छन् । करीब ५ हजार हाराहारीमा नेपालीहरुले रोजगारी पाएका छन् । ब्रोकन चर्च नेपालीहरुको भेटघाट गर्ने थलोका रुपमा समेत रहेको छ । बिल्डिङ नै बिल्डिङ भन्दा खुल्ला तथा हरियालीसहित उकालो चढ्नु पर्ने भएर होला नेपालीहरु यहाँ आउँदा नेपाल आएको अनुभुती गर्ने गर्दछन् । त्यसकारण पनि मकाउमा रोजगारी गर्न आाएकाहरुको भेटघाट तथा घुुम्ने स्थल हो ब्रोकन चर्च ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment