Comments Add Comment

स्टोकको पोष्टमा सिटीको ७ गोल, चेल्सी प्यालेससँग हार्‍यो


२९ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले स्टोकमाथि शानदार जित हात पारेको छ र अंक तालिमा दुई अंकको अग्रता लिएको छ ।

शनिबार राति भएको खेलमा सिटीले स्टोकमाथि ७–२ को फराकिलो जित निकालेको हो । केभिन डि ब्रुयेनको प्रदर्शन लोभलाग्दो थियो । सिटीको ७ मध्ये चार गोलमा उनको योगदान रह्यो ।

इत्तेहाद स्टेडियममा भएको खेलमा घरेलु टोलीले १७ औं मिनेटमा जेससको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै राहम स्टर्लिङले गोल गरे भने २७ औं मिनेटमा सिल्भाले गोल गरे ।

खेलको ४४ औं मिनेटमा स्टकका बिराम डिउफले गोल गरेपछि पहिलो हाफ ३–१ मा सकियो ।

दोस्रो हाफको सुरुमा नै सिटीका बाल्करले आत्मघाती गोल गरे । तर, घरेलु टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राख्यो । ५५ औं मिनेटमा जेसिसले दोस्रो गोल गरे भने पाँच मिनेटपछि फर्नाडिन्होले गाले गरे । त्यसको दुई मिनेटपछि नै सानेले गोल गरे । खेलको ७९ औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गरेपछि म्यानचेष्टर सिटी भ्रमणकारी टोलीमाथि ७–२ गोल अन्तरले विजयी भएको छ ।

अर्को खेलमा क्रिष्टल प्यालेसले चेल्सीलाई २–१ को हराएको छ भने म्यानचेष्टर युनाइटेडले लिभरपुलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

जितपछि लिग लिडर म्यानचेष्टर सिटीको ८ खेलबाट २२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडको २० अंक छ । साविकको विजेता चेल्सी भने समान खेलबाट १३ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment