Comments Add Comment

के हो म्याग्नेसियम ? शरीरलाई किन आवश्यक छ ?

काठमाडौं । शरीरमा म्याग्नेसियम जरुरी छ भन्ने त धेरैलाई थाहा छ । तर यसको महत्वबारे कमैलाई जानकारी हुनसक्छ ।

म्याग्नेसियम एक प्रकारको खनिज पदार्थ हो, जो स्वस्थ शरीरका लागि निकै आवश्यक छ । म्याग्नेसियम मानव शरीरमा पाइने पाँच प्रमुख तत्वमध्ये एक हो । जसरी हाम्रो शरीरलाई स्वस्थ राख्न प्रोटिन, भिटामिन, मिनरल्स र कार्बोहाइड्रेडको आवश्यता पर्छ, त्यही मात्रामा मिनरल्सको पनि जरुरत पर्छ । म्याग्नेसियम भनेको त्यही मिनरल्स हो ।

म्याग्नेसियमले हाम्रो शरीरमा गरिने जैविक क्रिया तथा जरुरी काममा सहायकको भूमिका निर्वाह गर्छ ।

यसकारण आवश्यक

शरीरका हरेक कोषिकामा केही मात्रामा म्याग्नेसियम अनिवार्य हुन्छ । स्वस्थ मानिसको शरीरमा ५० ग्रामभन्दा कम म्याग्नेसियम हुन्छ । करिब ५०-६० प्रतिशत म्याग्नेसियम शरीरका हड्डीमा संग्रह हुन्छ भने केही मात्रामा म्याग्नेसियम रगतमा पाइन्छ ।

कमिका कारण

गलत खानपान, अव्यवस्थित जीवनशैली, अधिक मात्रामा मदिरा सेवन, मधुमेहको समस्या, तारन्तार वान्ता तथा निरन्तर झाडापखालाका कारण पनि शरीरमा म्याग्नेसियमको कमि हुन्छ ।

यस्ता छन् लक्षण

टाउको दुख्ने, हातखुट्टा कक्रिने, कमजोरी महशुस हुने, काम गर्न मन नलाग्ने, रिंगटा लाग्ने, कमजोरी, खान मन नलाग्ने, हातखुट्टा झम्झमाउने, मांसपेशी तानिएझैं हुने तथा मांसपेशीमा दुःखाइ महशुस हुने लक्षण देखिन्छन् ।

म्याग्नेसियमको कमिले लाग्ने रोगहरु

हृदयरोग

हृदयलाई स्वस्थ राख्न म्याग्नेसियम जरुरी छ । यसले रक्त धमनीमा हुनसक्ने अवरोधलाई रोक्ने गर्छ । मांशपेशी लचिलो बनाउँछ । शरीरमा अक्सिजनको आपुर्ति सुन्तुलित गर्छ ।

यस्तै, मुटुको चाल अनियन्त्रित हुने भएकाले यसको नियन्त्रणका लागि पनि म्याग्नेसियमको सेवन जरुरी छ । रक्तसञ्चारलाई नियमित राख्न पनि सोही तत्वको आवश्यकता हुन्छ ।

रक्तचाप

म्याग्नेसियमका कारण रक्त धमनी लचिलो हुने गर्छ, जसका कारण रक्त प्रवाह नियन्त्रित हुन्छ । विभिन्न शोधमा उल्लेख भएअनुसार नियमित मात्रामा म्याग्नेसियमको सेवनले रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । त्यसैले त, गर्भावस्थामा रक्तचाप अनियन्त्रित भएमा म्याग्नेसियम लिने सल्लाह दिइन्छ ।

म्याग्नेसियमको कमि भएमा शरीरमा रक्तचाप अनियन्त्रित गतिमा बढ्ने गर्छ, जसलाई सामान्य भाषामा ‘हाइपर टेन्सन’ पनि भन्ने गरिन्छ ।

शरीरमा म्याग्नेसियमको कमि भएमा पोटासियममा समेत कमि आउँछ, जुन रक्तचापलाई नियन्त्रणमा राख्ने अर्को महत्वपूर्ण तत्व हो ।

मधुमेह

विश्वमा मधुमेहका रोगीको संख्या तीव्र गतिमा बढिरहेको छ । इन्सुलिनको कमिका कारण मधुमेहको समस्या बढ्ने गर्छ । सन्तुलित मात्रामा मधुमेहको सेवनले शरीरमा इन्सुलिन निर्माणको प्रक्रिया बराबर रहन्छ ।

हाम्रो शरीरमा कैयौं इन्जाइम म्याग्नेसियमसित मिलेर ग्लुकोज बनाउने काम गर्छ । पर्याप्त मात्रामा म्याग्नेसियमको सेवनले मधुमेहको जोखिम झण्डै २० प्रतिशतले घट्ने गर्छ ।

टाउको दुख्ने तथा अनिद्रा

कैयौं अध्ययनबाट पत्ता लागेको छ, म्याग्नेसियमको सन्तुलित मात्राको सेवनले टाउको दुःखाइ माइग्रेनको समस्या र अनिद्रामा कमि आउँछ ।

मांसपेशी दुख्ने

शरीरका हरेक मांसपेशी तथा स्नायुलाई म्याग्नेसियमको जरुरत पर्छ । यदि तपाईंलाई बारम्बार मांशपेशी दुख्ने, बाउँडिने वा कमजोरी महशुुुुुस हुन्छ । क्याल्सियमको साथमा म्याग्नेसियमको पूर्ति जरुरी छ ।

म्याग्नेसियमले शरीरमा पोटासियम सोस्नसमेत मद्दत मिल्छ । र, त्यसबाट मांसपेशीलाई सही तरीकाले काम गर्न अत्यावश्यक छ ।

हड्डी

शरीरमा हड्डीका लागि आवश्यक मानिने क्याल्सियम तथा भिटामिन-डीलाई सोस्न तथा त्यसलाई सुचारु गर्न म्याग्नेसियमको जरुरत पर्छ ।

पत्थरी

शरीरमा पर्याप्त मात्रामा म्याग्नेसियम रहँदा पित्तासयको पत्थरीको जोखिम कम हुने गर्छ ।

शरीरको दुर्गन्ध

कसैलाई अचानक बढी पसिना आउने समस्या छ वा शरीरबाट दुर्गन्ध आउन थालेमा म्याग्नेसियमको मात्रा न्यून भएको हुनसक्छ ।

सामान्यतया म्याग्नेसियमले पसिना आउने ग्रन्थीलाई नियन्त्रित गर्नुका साथै शरीरबाट दुर्गन्ध आउने रसायनलाई न्यून गराउँछ । यसले राति अधिक पसिना आउने समस्यामा समेत कमि ल्याउँछ ।

बिर्सने समस्या

पढ्नमा समस्या तथा बिर्सने बानी शरीरमा म्याग्नेसियमको कमि भएमा देखिने अर्को ठूलो समस्या हो । यो हाम्रो मस्तिष्कसित सीधा सम्बन्धित हुन्छ । शरीरको नर्भ सिस्टमलाई चलायमान बनाउन म्याग्नेसियमले मुख्य भूमिका निर्वाह गर्छ । त्यसैले यो तत्व सिक्न, पढ्न र स्मरण शक्तिका लागि निकै आवश्यक मानिन्छ । पर्याप्त मात्रामा म्याग्नेसियमको आपूर्तिले एकाग्रता तथा स्मरण शक्ति बढाउन मद्दत पुग्छ ।

म्याग्नेसियमको मात्रा न्यून भएमा मस्तिष्कमा हेभी मेटल जम्मा हुने तथा भविष्यमा पार्किन्सन्स र अल्जाइमरको जोखिम बढ्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment