Comments Add Comment

तब्बु भन्छिन्-‘म केवल मेरा मान्छेहरुसँग मात्र काम गर्न चाहन्छु’


हिन्दी चलचित्र ‘विजयपथ’बाट अभिनय यात्रा सुरु गरेकी नायिका तब्बु मुम्बई नगरिमा आफ्नो फरक पहिचान स्थापना गर्न सफल छिन् । तर, उनी कामको पछि लाग्ने कलाकारको सूचीमा पर्दिनन् । ‘म केवल आफ्नै मान्छेहरुसँग काम गर्न चाहन्छु । जहाँ मैले मस्तले काम गर्न सकुँ ।’ उनले भनिन् ।

‘मकबुल, फितुर, अस्तित्व, चाँदनी बार, हैदर’ जस्ता चलचित्रमा गम्भिर भुमिका निर्वाह गरेकी तब्बुले लामो समयदेखि कमेडी चलचित्रमा काम गर्ने चाहना राखेकी थिइन् । रोहित शेट्ठी निर्देशित ‘गोलमान-४’ले उनको त्यो चाहना पुरा गरिदिएको छ । जतिवेला उनी गम्भिर चलचित्रमा अभिनय गर्दै थिइन्, दर्शकहरु प्रश्न गर्थे कि तपाइले किन हाँस्य चलचित्र नगर्नु भएको ? अहिले तिनै दर्शक प्रश्न गर्न थालेका छन् ‘किन गम्भिर चलचित्रमा नदेखिनु भएको ?’ उनी भन्छिन्-‘दर्शकलाई कहिल्यै खुसी राख्न सकिदैन ।’

थोरै चलचित्रमा काम गरेको प्रसंगमा तब्बु प्रश्न गर्दै भन्छिन्-‘मेरो पुस्ताका कती हिरोइन अभिनयमा ब्यस्त छन् ?’ वर्षमा कम्तिमा एउटा चलचित्रमा काम गरेको धारणा राख्ने तब्बु ‘गोलमाल-४’ मा आफ्ना मित्र अजय देवगणसँग देखिएकी छिन् ।

तब्बु आफ्नो चलचित्र करिअरमा अमिताभ बच्चनसँग काम गरेको रोमान्टिक चलचित्र ‘चिनी कम’लाई माइलस्टोन मान्छिन् । रोहित शेट्ठी निर्देशित ‘गोलमाल-४’ मा तब्बुको अतिरिक्त अजय देवगण, अरशद वारसी, परिणीति चोपडा, तुषार कपुर र कुणाल खेमुले मुख्य भुमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment