Comments Add Comment

मलिना अमेरिका पुगेपछि ‘रानी’ प्रचारमा अनुप, ‘संयोग कि लुकामारी’ ?


पूर्व प्रेम जोडी अनुपविक्रम शाही र नायिका मलिना जोशीविच अहिले लुकामारी नै खेले जस्तो भएको छ । चलचित्र ‘रानी’को प्रचारका क्रममा मलिना नेपाल हुँदा नायक अनुप विक्रम शाही लण्डनमा थिए ।

अहिले चलचित्रको प्रचारमा अनुप हुँदा मलिना अमेरिकामा छिन् । के तपाइहरु एकअर्कासँगै हिड्न नखोज्नु भएको हो त, पत्रकारको प्रश्नमा अनुपले भने-‘यो संयोग मात्र हो । हामी विच ब्रेकअप भएपनि, प्याचअप भएपनि वा हामी साथीमात्र भएपनि नजिक छौ । चलचित्र प्रचारका लागि हामीले एक अर्कासँग लुकामारी खेलिरहेका होइनौ ।’

दयाराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्र कात्तिक २ गतेबाट रिलिज हुँदैछ । चलचित्रको बिषयमा दयाराम भन्छन्-‘मैले आफूलाई समय अनुसार परिवर्तन गरेर चलचित्र बनाएको छु । रानी मेरा लागि एउटा प्रयोग हो । सफल भयो भने फेरि नयाँ चिरामा अगाडि बढ्नेछु ।’

यो चलचित्रमा नयाँ नायकद्धय सारुक ताम्राकार र मनिषकुमार श्रेष्ठले काम गरेका छन् । सारुक र मनिष दुबै आफूहरुका लागि मलिना र अनुपको उपस्थित चुनौती नभएको बताउँछन् । चलचित्रमा मलिनाका लागि अनुप, सारुक र मनिषको भिडन्त पर्नेछ । ‘रानी’का लागि तिन यूवाविच हुने त्रिपक्षिण भिडन्तको प्रेम कथालाई दयारामले निकै मिहिनेतका साथ निर्देशन गरेका छन् । चलचित्रका बिषयमा सारुक भन्छन्-‘चलचित्रमा हरेक पात्रको भूमिका दायरामा हुन्छ । यसमा पनि हामी सबैको भूमिका त्यस्तै घेरामा छ ।’

चलचित्रका प्रस्तुतकर्ता भानु महर्जन लगानी सुरक्षित हुनेमा ढुक्क देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment