Comments Add Comment

३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

२९ असोज, काठमाडौं । मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा आगामी कात्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ ।

पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा कार्यालय स्थापना गरिएको छ ।

यसैगरी प्रदेश नम्बर ५ का रुकुम-पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम-पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडी मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment