Comments Add Comment

एएफसी फुटसल च्याम्पियनसिपको पहिलो खेलमै नेपालको लज्जास्पद हार


२९ असोज, काठमाडौं । इरानमा आयोजित एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीले लज्जास्पद हार व्यहोरेको छ । उज्वेकिस्तानसँग नेपाल १४-१ ले पराजित भयो ।

पोउर शरीफ फुटसल हलमा भएको आयोजित खेलमा उज्वेकिस्तानसामू नेपाली टोली निरीह सावित भयो । उज्वेकिस्तानले पहिलो र दोस्रो हाफमा ७-७ गोल गर्‍यो ।

पहिलो हाफमा ७-० ले पछि परेको नेपालका लागि दोस्रो हाफमा कप्तान सुरज राउतले एक गोल फर्काए ।

उज्वेकिस्तानको जितमा दिलसोड राख्मातोभले हृयाट्रिक गरे ।

एसिया जोनको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ । समूहका शीर्ष २ टोली अर्को वर्ष ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment