Comments Add Comment

प्लास्टिक सर्जरीः राम्रो बन्न खोज्दा कुरुप हुने भय

हामीकहाँ उखान छ, रानी बन्न खोज्दा कहानी होला । यस्तै हुन्छ कहिलेकाहीं । राम्रो बन्नका लागि कस्मेटिक्स प्रयोग गर्दा होस् वा शल्यक्रिया, कुरुप हुने जोखिम हुन सक्छ ।

अहिले सुन्दर बन्नका लागि थरिथरि कृत्रिम तरिका अपनाइन्छ । प्राकृतिक ढंगले सुन्दर हुनेभन्दा सजिलो र छरितो काइदा हो यो । तर, यसको ‘साइड इफेक्ट’ पनि हुनसक्छ ।

कोलम्बियाका जर्सन ट्रुजिलोले अनुहार सुन्दर बनाउने चक्करमा सौन्दर्य नै गुमाए । चार वर्षअघि एक चिकित्सकको परामर्शमा गाला भर्नका लागि इन्जेक्सन लगाए । केही समयपछि ब्युटिसियनकहाँ फेसियल गर्न पुगे । अनुहारमा गलत इन्जेक्सन लगाइएको त्यहाँ मात्र उनले थाहा पाए ।

तीन महिनापछि उनको अनुहार नराम्ररी बिगि्रयो । अनुहारमा डन्डिफोर आउन थाल्यो, अस्वाभाविक रातो हुन थाल्यो । २८ वषर्ीय जर्सनले अनुहारको सौन्दर्य बचाउन अर्को शल्यक्रिया गराए । त्यसबाट ५० प्रतिशत ठीक भयो ।

खराब प्लास्टिक सर्जरी

स्पेनमा १६ दशमलव पाँच प्रतिशत प्लास्टिक सर्जरी त्यसअघि बिगि्रएको शल्यक्रियालाई सुधार्न गरिन्छ । एक अध्ययनअनुसार प्लास्टिक सर्जरी गराउने तीनमध्ये एक जनाले मात्र चिकित्सकलाई विश्वास गर्छन् ।

इन्स्िटच्युट अफ लिगल मेडिसिनका अनुसार कोलम्बियामा प्लास्टिक सर्जरी अत्यधिक हुन्छ । सन् २०१५ मा कोलम्बियामा प्लास्टिक सर्जरीकै कारण १३ जनाको मृत्यु भएको थियो । सन् २०१६ सम्म आइपुग्दा त्यो आँकडा बढेर ३० मा पुगेको थियो ।

स्तनको स्वरुप बिग्रियो

कतिपय जान्ने-बुझ्नेहरु पनि खराब प्लास्टिक सर्जरीको शिकार हुने गरेका छन् । पत्रकार लोरेन बेल्ट्रान भन्छिन्, ‘१८ वर्षकी छँदा स्तनको शल्यक्रिया गराएँ । त्यस क्रममा चिकित्सकमाथि शंका भएन ।’

तर, उनको स्तनको स्वरुप बिग्रियो । एउटा निप्पलमा टाँकाको दाग पनि बस्यो । उनले अर्को शल्यक्रिया गराइन् । त्यसले उनको स्तन थप खराब भयो ।

कोलम्बियामा चिकित्सकको एउटा समूह ब्राजिल गएर सर्जरीको सानोतिनो कोर्स गर्छन् । त्यसपछि पूर्ण मेडिकल कोर्सको मान्यता प्राप्त गर्छन् । लोरेन यस मुद्दामा अदालतमा समेत पुगिन् । अहिले यसको न्यायिक जाँच चलिरहेको छ ।

फर्जीको बिगबिगी

स्पेनका प्लास्टिक सर्जरी विज्ञ एनहोआ प्लेसर लेनेज भन्छन्, ‘यो व्यवसायमा अत्यधिक घुसपैठ भएको छ ।’ उनका अनुसार प्लास्टिक सर्जन बन्न पहिले ६ वर्षको कोर्स गर्नुपर्छ । र, थप पाँच वर्षको विशेषज्ञताको पढाइ ।

अहिलेका अधिकांश चिकित्सकले ६ वर्षे कोर्स मात्र गरेका छन् ।

एकै नामका धेरै सर्जन

लोरेनका अनुसार सेवाग्राहीले गुगलमा सर्जन खोज्छन्, अधिकांश एसोसिएसनको नाम एकै खालको हुन्छ । अधिकांश सर्जनले ठूला हस्तिसँग खिचाएको तस्बिर राखेका हुन्छन् ।

सोही कारण सेवाग्राहीले ती चिकित्सकलाई पत्याउँछन् र शल्यक्रियाका लागि तयार हुन्छन् । कतिपयचाहीं सस्तो मूल्यको लोभमा फस्छन् ।

सर्जरीमा खाद्य तेल

लोरेनका अनुसार कोलम्बियामा अधिकांशले नितम्ब र स्तनमा खाना पकाउने तेलको इन्जेक्सन प्रयोग गर्छन् । उक्त तेलमा बाइपोलिमर हुन्छ, जसलाई मेडिकलमा प्रयोग गर्नु गैरकानूनी पनि हो ।

उक्त पदार्थ शरीरका लागि अनुपयुक्त हुन्छ । यसमा लिक्विड सिलिकन, मिथाइलमेथाक्रिलेट र कोलगन सामेल हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

-सर्जनसँग उसको शैक्षिक योग्यता सोध्नोस् । उसको अनुभवबारे जानकारी जुटाउनोस् ।

– आपतकालीन स्थितिमा सर्जनले के गर्न सक्छ भन्ने पक्का हुनोस् ।

-सर्जन विशेषज्ञ हुन् कि होइनन् भन्ने सुनिश्चित गर्नोस् ।

-बिचौलियाको चक्करमा नपर्नोस् ।

-दोस्रो मुलुकमा सर्जरी गराउने हो भने चिकित्सकको भाषा बुझिने/नबुझिने निश्चित गर्नोस् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment