Comments Add Comment

सैनिक प्रवक्तामा नैनराज दाहाल नियुक्त

३० असोज, काठमाडौं । नेपाली सेनाले सहायक रथी नैनराज दाहाललाई नयाँ सैनिक प्रवक्तामा नियुक्त गरेको छ ।

सहायक रथी झंकरबहादुर कडायतले सम्हाल्दै आएको जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी दाहालले सम्हालेका हुन् ।

सोमबार जंगी अड्डामा आयोजित एक समारोहमा कडायतले प्रवक्ताको जिम्मेवारी दाहाललाई हस्तान्तर गरेको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment