Comments Add Comment

गर्भवती हुने मन छ ? यी कुरा थाहा पाउनुस

हरेक महिलाका लागि आमा बन्नु जीवनकै सुखद अनुभूति हो । ईश्वरले महिलालाई अर्को जिन्दगी पैदा गर्ने अद्भूत शक्ति दिएका छन् ।

तर, आजको भागदौडपूर्ण जीवन र व्यस्त जीवनशैलीको असर महिलाहरुको प्रजनन्मा पर्न थालेको छ । त्यसैले महिलाहरुले गर्भधारण गर्न विभिन्न व्यवधानको सामना गर्नुपरिरहेको छ ।

स्वस्थ गर्भधारणका लागि जीवनशैली पनि स्वस्थ हुनु जरुरी छ ।

चिकित्सकलाई भेटौं

गर्भवती हुने योजना बनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुस् र आफ्नो जाँच गराउनुस् । गर्भधारण गर्न कुनै मेडिकल समस्या भए/नभएको यसबाट पत्ता लाग्ने छ । जस्तैः एसटीडी अर्थात् सेक्सुअल्ली ट्रान्समिटेड डिजिज ।

जाँचबाट तपाईं शारीरिक र मानसिक रुपमा गर्भधारणका लागि तयार हुनुहुन्छ भन्ने सुनिश्चित हुनेछ । यस्तै, डिम्बग्रन्थी अल्सर, फाइब्राइड, इन्ड्रोमेटि्रओसिस, गर्भाशयको अवस्थाको जाँच हुन्छ ।

‘अण्डोत्सर्ग’ को समयमा गर्नुस् सेक्स

बच्चा पैदा गर्न महिलाको डिम्ब डिम्बासयबाट निस्किएको २४ घण्टाभित्रै फर्टिलाइज हुनुपर्छ । पुरुषको शुक्राणु महिलाको प्रजनन अंगमा ४८ देखि ७२ घण्टासम्म मात्रै जीवित रहन सक्छ ।

बच्चा पैदा गर्न डिम्ब र शुक्राणुको मिलन हुनुपर्छ । त्यसैले अण्डोत्सर्गका क्रममा कमसेकम ७२ घण्टामा एक पटक सेक्स गर्नैपर्छ । यसरी सेक्स गर्दा पुरुष महिलाको माथि हुनुपर्छ । अन्यथा शुक्राणु चुहिने सम्भावना रहन्छ ।

साथै, पुरुषले ४८ घण्टामा एक पटकभन्दा बढी वीर्यस्खलन गर्नु हुँदैन । अन्यथा, उसको शुक्राणु संख्या निकै तल आउन सक्छ र निषेचन गर्न पर्याप्त नहुन सक्छ ।

अण्डकोषलाई गर्मीबाट जोगाउनुस्

सेक्सका क्रममा यदि अत्यधिक तापक्रममा शुक्राणु निस्कियो भने त्यो मृत वा निस्त्रिmय हुन सक्छ । त्यसैले अण्डकोष, जहाँ शुक्राणु निर्माण हुन्छ, लाई गर्मीबाट जोगाउनुपर्छ ।

गाडीमा चढ्दा यस्तो सिट प्रयोग गर्नुस्, जहाँबाट अलिकति हावा पास हुन सकोस् । धेरै तातो पानीले यो अंगलाई नधुनुस् । जो पुरुष आगोको भट्टी वा अन्य गर्मी स्थानमा अबेरसम्म काम गर्छन्, उनीहरुले सावधानी अपनाउनुपर्छ । र, रेडियोएक्टिभ किरणहरुबाट बच्नुपर्छ ।

तौल कम गर्नुस्

कतिपय अवस्थामा महिलाहरुको तौल बढी भएर पनि गर्भधारणमा समस्या आउँछ । किनकि, यस प्रक्रियामा उनीहरुको शरीरमा जमेको बोसोले बाधा गर्छ ।

एउटा शिशुलाई जन्म दिन महिला र पुरुष दुवै स्वस्थ रहन अत्यावश्यक हुन्छ । अत्यधिक तौल भएका महिलाहरुलाई प्रजनन्मा समस्या हुन्छ । त्यसैले मोटा महिलाहरुले गर्भधारणको प्रयास गर्नुभन्दा अगाडि दुई वा तीन महिनासम्म व्यायाम वा योगद्वारा आफ्नो तौल कम गर्नु बुद्धिमानी हुन्छ ।

तनावमुक्त रहनुस्

गर्भधारणका क्रममा तनावमुक्त रहनु अति आवश्यक छ । बढी तनावले पुनरुत्पादनमा प्रभाव पार्छ । तनावले कामवासना प्रभावित हुन्छ ।

जटिल अवस्थामा महिलाहरुको महिनावारीमा पनि प्रभाव पर्छ । तनावबाट टाढा रहेर तपाईं आफ्नो दाम्पत्य सम्बन्धको मजा लिन सक्नुहुन्छ र गर्भवती हुन सक्नुहुन्छ । तनावमुक्त रहनका लागि नियमित रुपमा स्वासप्रश्वास अभ्यास र रिल्याक्सेसन विधि अपनाउनुस् ।

खानपानमा ध्यान दिनुस्

चाँडै गर्भधारणका लागि फोलिक एसिडयुक्त चिज सेवन गर्नुस् । दालमा फोलिक एसिड र प्रोटिन पाइन्छ । हरियो पत्तेदार सागले तपाईंलाई तन्दुरुस्त बनाउन मात्र सहयोग गर्दैन, गर्भधारणमा पनि मद्दत गर्छ ।

नियमित महिनावारी हुने तर गर्भधारण नहुने महिलाले महिनावारीको समयमा तुलसीको बीउ चपाउने या काँढा बनाएर सेवन गर्दा गर्भधारण हुन्छ ।

औषधि सेवनबाट बच्नुस्

कतिपय महिला हाछ्युँ आउँदा पनि औषधि सेवन गर्छन् । अत्यधिक औषधि सेवनले प्रजनन् क्षमतामा असर पर्न सक्छ । त्यसैले औषधिको उपयोग सकभर कम गर्नुस् । कुनै औषधि खान थाल्नु वा छोड्नुअघि चिकित्सकको सल्लाह अत्यावश्यक हुन्छ ।

नशाबाट बच्नुस्

ड्रग्स, नशालु औषधि, चुरोट वा मदिरा सेवनले पुरुष र महिला दुवैको हर्मोनको सन्तुलन बिगार्न सक्छ । यसले तपाईंको प्रजनन् क्षमतालाई पूर्ण प्रभावित पार्न सक्छ । र, जन्मने बच्चामा पनि जन्मजान विसंगति उत्पन्न हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment