Comments Add Comment

शाहरुख र करणको सम्वन्ध चिसियो, कारण यस्तो

बलिउड अभिनेता शाहरुख खान र निर्देशक करण जौहरबीचको गहिरो मित्रताबारे कसलाई थाहा नहोला ? तर अब उनीहरुको मित्रतामा दरार आएको बताइन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईबीच फिल्म ‘इत्तेफाक’ लाई लिएर विवाद बढेको हो । सिद्दार्थ मल्होत्रा, सोनाक्षी सिन्हा र अक्षय खन्ना स्टारर फिल्म इत्तेफाक यसै वर्षको आगामी ३ नोभेम्बरमा रिलिज हुँदैछ । यस फिल्मलाई करण जौहरको धर्मा प्रोडक्सन र शाहरुख खानको रेड चिलिज मिलेर निर्माण गरेका हुन् ।

आश्चर्यको कुरा यो छ कि फिल्मको रिलिज डेट नजिकै आए पनि फिल्मको प्रमोसन सुरु गरिएको छैन । जबकि करण जौहर आफ्नो फिल्मलाई जोडतोडले प्रमोसन गर्नमा माहिर छन् । तर अहिले उनलाई के भएको हो ?

भारतीय सञ्चारमाध्यमका अनुसार करणको यो रवैयाबाट शाहरुख रिसाएका छन् र उनीहरुबीचको सम्वन्धमा दुरी आएको छ । यो फिल्म १९६९ मा आएको फिल्म इत्तेफाकको रिमेक हो । पुरानो फिल्ममा राजेश खन्ना र नन्दा लीड रोलमा थिए ।

खासमा करणलाई डर छ कि फिल्मको बढि प्रमोसन गर्दा यसको क्लाइमेक्स लिक नहोस । क्लाइमेक्समा नै यो फिल्मको भविष्य टिकेको बताइन्छ । पुरानो इत्तेफाकभन्दा यसको क्लाइमेक्स विलकुल फरक रहेको बताइएको छ ।

करण र शाहरुखबीच सम्वन्धमा चिसोपना आएको यो पहिलोपटक होइन । योभन्दा अगाडि पनि उनीहरु एक-अर्कासँग रिसाएका छन् । करणले आफ्नो अटोबायोग्राप्फी ‘एन अनसूटबेल व्वाई’ मा लेखेका छन्, ‘शाहरुख र मेरो सम्वन्धमा धेरै उतारचढाव आएको छ । शाहरुख अत्यन्तै पोजेसिभ साथी हुन् र मलाई लाग्छ कि जब म उनीबिना कुनै फिल्म बनाउन बनाउँछु, यसबाट उनलाई चोट पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment