भारतीय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘बिग बोस’ को प्रथम संस्करणकी विजेता तथा टेलिभिजन स्टार श्वेता तिवारीको पहिलो विहे अल्पायूमै टुटेका थियो । अहिले उनको दोस्रो विहे पनि टुट्ने संघारमा पुगेको छ ।
श्वेताले सन् २०१३ मा अभिनव कोहलीसँग दोस्रो विहे गरेकी थिइन् । अघिल्लो वर्ष मात्रै उनले छोरा जन्माएकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार श्वेता र अभिनवबिच अहिले खटपट चलिरहेको छ । उनीहरुबीच एक अर्काको करिअरलाई लिएर दिनदिनै गम्भीर बहस र विवाद हुने गरेको छ । श्वेताले हासिल गरेको सफलताबाट अभिनव भित्रभित्रै जलिरहेको बताइन्छ ।
यद्यपि अभिनवले एक अन्तरवार्तामा भनेका छन् कि उनी र श्वेताबिच सबैकुरा ठिकठाक चािलरहेको छ । उनले भने, ‘हामीबिच कुनै समस्या छैन । श्वेताको सफलताबाट मैले आफूलाई असुरक्षित महसुस गरेको छैन । हामी दुवै आआफ्नो करिअरमा फोकस गरिरहेका छौं र खुशी छौं ।
स्मरणीय के छ भने श्व्ेता र अभिनव बिग बोसको सेटमा भेट भएका थिए । उनीहरुबिच बिहेअघि ३ वर्षसम्म चक्कर चलेको थियो ।
त्यसभन्दा अघि श्वेताले राजा चौधरीसँग बिहे गरेकी थिइन् । बिहेको नौ वर्षपछि २००७ मा उनीहरुले सम्वन्धविच्छेद गरेका थिए । श्वेताले आरोप लगाएकी थिइन् कि राजाले उनीमाथि कुटपिट गर्ने गरेका थिए । उनीहरुबाट एक छोरी पलक तिवारी पनि छिन् । समाचारअनुसार पलकले चाँडै नै बलिउडमा डेब्यू गर्ने सम्भावना छ ।