Comments Add Comment

एप्पलका आगामी आइफोनमा टच आइडी नहुने, फेस आइडी मात्रै

मिंग ची कुओ पुनः समाचारमा छाएका छन् । केजी आई सेक्योरिटिजका मिंग धर्तीका सबैभन्दा उत्कृष्ट एप्पल विश्लेषकको नामले पनि चर्चित छन् । हालै उनले एप्पलको बारेमा एक अर्को महत्वपूर्ण खुलासा गरेका छन् ।

एप्पलले सन् २०१८ मा बजारमा ल्याउने नयाँ संस्करणको आइफोनमा केही व्यापक कटौती गरेको विषयमा उनले खुलासा गरेका हुन् ।

रिपोर्ट अनुसार आगामी दिनमा आउने एप्पलका कुनैपनि आइफोनमा टच आइडी फिंगरपि्रन्ट सेन्सर रहनेछैन । एप्पलले यो सर्वाधिक लोकपि्रय फिचरलाई आगामी संस्करणका आइफोनबाट हटाउने निर्णय गरेको हो ।

कुओका अनुसार आइफोनमा अब टच आइडीको साटो फेस आइडी फिचर रहनेछ । आगामी आइफोन एक्सबाट यो पोलाराइजिङ फेसियल रिकग्नीसन फिचरले डेब्यु गर्दैछ ।

एप्पलले फरकपनाबाट प्रतिस्पर्धात्मक लाभ लिनका लागि यस्तो निर्णय गरेको बताइएको छ । एप्पलको प्रतिस्पर्धी एन्ड्रोइड स्मार्टफोनलाई यसमा पुग्न केही वर्ष लाग्नेछ ।

यद्यपि फेस आइडी फिचरको बजारमा परीक्षण समेत भइनसकेको र यसको विषयमा विभिन्न खाले विवाद समेत रहेको परिप्रेक्षमा एप्पलले आगामी आइफोनमा यो फिचरलाई मात्र समावेश गर्ने निधो गर्नु एक प्रकारले जुवा खेलाई जस्तो भएको विश्लेषक बताउँछन् ।

कतिपय अवस्थामा फेस आइडी फिचर टच आइडीको तुलनामा कठीन तथा असान्दर्भिक हुनेछ । हिँडिरहेको बेलामा फोन अनलक गर्नका लागि फोनको स्त्रिmनमा स्थिर भएर हेर्न असम्भव हुनेछ भने एप्पल पेबाट तत्काल भुक्तानी गर्न र कुनै मिटिङमा रहेको बेला टेबुल मुनि राखेर आइफोन अनलक गर्न समेत सकिनेछैन ।

साथै कुनैपनि प्रयोगकर्ताको अनुहारको विस्तृत थ्री डी पहिचान एप्पलसँग सुरक्षित हुनु कतिपय प्रयोगकर्ताका लागि पि्रय नहुनसक्छ ।

साइबर सुरक्षा विज्ञहरुले टच आइडीलाई हटाएर फेस आइडी राख्नुको साटो आइफोनमा टच र फेस आइडी दुबै फिचर राख्नु उत्तम हुने र यसले आइफोनलाई झनै सुरक्षित बनाउने सुझाव दिएका छन् ।

तर एप्पल चाहीँ केही फरक गर्ने सोचमा छ र आगामी वर्ष आउने आइप्याडमा फेस आइडी फिचर थप्नेछ । यद्यपी म्याकबुक र म्याकमा फेस आइडी कहिले आउने भन्ने चाहीँ खुलेको छैन ।

फोर्ब्स म्यागेजिनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment