Comments Add Comment

गच्छदारले देउवाको टीका लाएपछि पूर्व सांसदहरुको बिल्लीबाठ

शिवलाल थापाको नेतृत्वमा लोकतान्त्रिक फोरम पुनर्गठनको तयारी

३० असोज,काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने चार साना दललाई समेत भित्र्याएर लोकतान्त्रिक फोरम बनाएका बिजय गच्छदार अचानक कांग्रेसमा बिलय भएपछि एकीकरणमा गएकाहरुको बिल्लिबाठ भएको छ ।

कांग्रेसमा जान नचाहनेहरुले अलग्गै बैठक बसेर लोकतान्त्रिक फोरम पुनर्गठन गरेका छन् ।

बिघटित संसदमा रहेका दलमध्ये जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टीका निवर्तमान सांसद एकतामा सहभागी छैनन् ।

उनीहरुले आफूहरु कांग्रेस हुन नसक्ने भन्दै लोकतान्त्रिक फोरम पुनर्गठन गरेका हुन् ।

सोमवार विहान एकीकरणमा असहमतहरुको बैठकले कानुनी लडाई लड्ने निर्णय गरेको सहअध्यक्ष तथा निवर्तमान सांसद शिवलाल थापाले बताए ।

बैठकमा सहअध्यक्षहरु यशोदा लामा,महेश कोर्मोचा,भानुराम थारु,सोनाम छिरिङ शेर्पा लगायत थिए ।

निवर्तमान सांसद लामाले आफू एकीकरणमा सहभागी नभएको बताइन् । उनले अब राजनीतिबाटै दिक्क लागेको प्रतिक्रिया दिइन् । ‘म जस्ताले राजनीति गर्ने होइन रहेछ,अब थाकेँ’ लामाले भनिन् ।

एकीकरणमा असहमत भएकाहरुले लोकतान्त्रिक फोरमको नमस्कार गरेको हात चुनाव चिन्ह लिएर चुनाव लड्न कानुनी परामर्श गरेका छन् । उनीहरुले समानुपातिकको लिष्ट पनि निर्वाचन आयोगमा बुझाएका छन् ।

आफूहरुसँग बहुमत केन्द्रीय सदस्य र पदाधिकारी रहेकाले पार्टीको मान्यता पाउने थापाले दाबी गरे ।

शिवलाल थापाले एकीकरण गरेपछि अलपत्र परेकी निवर्तमान सांसद सिमाकुमारी विक भने एमाले प्रवेश गर्ने भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment