Comments Add Comment

‘रुद्रप्रिया’को प्रिमियरमा रेखा र शिल्पा एकसाथ


बिहिबारदेखि रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’को प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । रेखा फिल्मस् र आर्यन फिल्मस्ले मिलेर तयार पारेको यो चलचित्रलाई सुदिप भूपाल सिंहले निर्देशन गरेका हुन् ।

चलचित्रको प्रिमियरको सबैभन्दा बढी आकर्षणमा रहे, चलचित्रका मुख्य कलाकार नायिका रेखा थापा र नायक आर्यन सिग्देल । आर्यन र रेखाको निकटता चलचित्र प्रिमियरमा ८ बर्षपछि पहिलो पटक देखियो ।

तर, रेखा र आर्यनको जोडी भन्दा पनि हाइलाइटमा नायिकाद्धय रेखा थापा र शिल्पा पोखरेल रहन पुगे । चलचित्र क्षेत्रमा लागेपछि शिल्पा पहिलो पटक रेखाको साथमा मिडियामा यसरी प्रस्तुत भएकी हुन् । शिल्पा र रेखाले मिडियाको अगाडि निकै हर्षित मुद्रामा तस्बिर खिचाए । शिल्पा चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै उनलाई रेखाको स्थान लिने नायिकाको रुपमा चर्चा गरिएको थियो । तर, प्रिमियरमा पुगेर पनि निर्माता छविराज ओझाले भने शिल्पा र रेखाको साथमा एकसाथ तस्बिर खिचाएनन् ।

‘रुद्रप्रिया’मा नायक आर्यन र नायिका रेखा थापाको प्रेमलाई देखाइएको छ । साथमा, चलचित्रका अर्का मुख्य कलाकार राजन इशानको पावरफूल भूमिकाले चलचित्रलाई विशेष बनाएको छ । चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकार, कलाकारको बाक्लो भिड हलमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment