Comments Add Comment

दुबई आयोजक भन्छ-‘नेपाली म्यूजिक भिडियो अवार्ड भव्य रुपमा सफल हुन्छ’


डिसेम्बर १ मा यूएइको अबुधाबीमा आयोजना हुन लागेको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’का लागि यतिबेला नेपालको मात्र होइन, यूएइको आयोजक पनि लागिपरेको छ ।

दुबइमा कुनै कार्यक्रम सफल बनाउन त्यती सफल छैन । आशा गरिएका धेरै कार्यक्रम असफल भएको देखेका छन्, ‘नमस्ते ट्राभल्स’को टिमले । यसैले, पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’बाट उल्लेख्य दर्शकको साथ पाएको यो टिम ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’लाई पनि भव्य बनाउने तयारीमा छ ।

काठमाण्डौमा भेटिएका आयोजक संस्था ‘नमस्ते ट्राभल्स’का एकेन्द्र थापाले यसपटक गतबर्षको भन्दा झनै भव्य अवार्ड आयोजना गर्ने बताए । उनले भने-‘दुबइमा कार्यक्रम गर्न त्यती सजिलो छैन । तर, हामीलाई यूएइमा रहेका विभिन्न संघसंस्थाले खुलेरै सहयोग गर्नुहुन्छ, यसकारण पनि हामी उत्साहित छौ ।’ उनले, नेपालबाट जाने कलाकारलाई यसपटक चार तारे होटलमा राखिने र दुबइमा क्रुज पार्टीमा सहभागी गराउने समेत बताए ।

एकेन्द्रले अगाडि भने-‘अवार्ड वितरणसँगै गीतसंगीत र नृत्यलाई बढी फोकस गर्न हामीले नेपाल आयोजकसँग भनेका छौ । दर्शक अवार्डमा झुम्न आउनुहुनेछ, हामी उहाँहरुको उत्साहलाई मर्न दिने छैनौ ।’

संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’मा दुबइमा रहेको ‘नमस्ते ट्राभल्स’ले सहकार्य गर्न लागेको हो । गतबर्ष पनि यहि टिमले अवुधाबीमा अवार्ड आयोजना गरेको थियो ।

यस्तै, नमस्ते ट्राभल्सकै नानुकाजी अर्यालले अवार्डका लागि ३ दिनको सेड्यूल तयार पारिएको बताए । अबुधाबीको भ्रमण, दुबइमा क्रुज पार्टी, अवार्ड कार्यक्रम मुख्य आकर्षणमा रहेको उनले सुनाए । उनले भने-‘गतबर्ष हामीले पनि धेरै कुरा वुझेका थिएनौ । यसपटक, व्यवस्थापन सबैकुराबाट उत्कृष्ट हुन्छ ।’

अवार्ड हेर्न आउने दर्शकले सबै प्रकारका प्रस्तुती रुचाउने भएकाले पनि सोही अनुसारले कलाकारको सहभागीता अवार्डमा गराउने संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment