Comments Add Comment

एक्सन अवतारमा राज आर्यन


चलचित्र ‘लभ यू म्यान, चियर्स’ जस्ता चलचित्रमा काम गरेपनि खासै सफलता पाउन नसकेका कलाकार राज आर्यन फेरि आफूलाई यही क्षेत्रमा जमाउने कोशिशमा लागेका छन् । एक नयाँ चलचित्रमा उनी एक्सन भूमिकामा देखिन लागेका हुन् ।

भारतमा व्रिटिस साम्राज्यवादको युगमा भएको नेपालीहरुको सत्य घटनाको कथामा बन्न लागेको चलचित्रको नाम भने तय गरिएको छैन । डेढ करोड लगानीमा बन्न लागेको चलचित्रमा पुष्करजंग थापाको लगानी र कथा रहनेछ ।

चलचित्रका लागि राज फाइनल भएको र अन्य कलाकारको खोजी गरिएको निर्माणपक्षको भनाइ छ । राजले आफूले एक्सन भूमिकामा पनि न्याय गर्ने विश्वास व्यक्त गरे । उनी अहिले एक्सन, नृत्य, अभिनय सिकिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment