Comments Add Comment

छविसँग पुगेकी शिल्पाको फोटोसेसन भने एक्लै


सोमबार बेलुकी काठमाण्डौको कुमारी हलमा नायिका रेखा थापाले चलचित्र ‘रुद्रप्रिया’को प्रिमियर आयोजना गरिन् । रेखाले आयोजना गरेको आफू निर्मित तथा अभिनित चलचित्रको प्रिमियरमा नायिकाहरुको उपस्थिती केही बाक्लो थियो ।

तर, पि्रमियरको हाइलाइटमा नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझा बन्न पुगे । छवि नायिका रेखा थापाका पूर्व श्रीमान् भएकाले पनि उनी चर्चामा रहनु स्वभाविक नै थियो । अर्कोतिर, चलचित्र क्षेत्रमा आएपछि पहिलो पटक रेखा र शिल्पा एकसाथ मिडियाको क्यामेरा अगाडि आएका थिए ।

तर, रमाइलो कुरा के छ भने छविको साथमा पुगेकी शिल्पा स्टेजमा भने एक्लै पुगिन् । उनले नायिका रेखा थापासँग तस्बिर खिचाइन् । तर, छवि स्टेज उक्लन चाहेनन् ।

स्टेज चढ्दा मिडिया आफूतिर बढी फोकस हुने भएकाले पनि छविले शिल्पालाई स्टेजमा एक्लै पठाएको हुनसक्छ । नायिका शिल्पा पोखरेलले भने रेखा थापा नेपालको नम्बर १ नायिका रहेको प्रतिक्रिया दिइन् । निर्माता छविले रेखासँग पारिवारिक सम्बन्ध नरहनेपनि व्यवसायिक सम्बन्ध भने रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment