आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम विवेकयुक्त यन्त्रहरु जस्तै रोबोट वा यस्तै मेसिनहरु आज मानिसहरुका लागि खतरा भएको बताइँदैछ । यस्ता यन्त्रहरुले मान्छेले भन्दा उत्कृष्ट काम गरिरहेका छन् र मान्छेको जागिर नै खोसिरहेका छन् ।
धेरै आवश्यकताहरु आज मान्छेको साटो मेसिनले पूरा गरिरहेको छ ।
अहिले त जिवनसाथी तथा सेक्स पार्टनरको रुपमा काम गर्ने रोबोट बनाउनमा पनि वैज्ञानिकहरु जुटिरहेका छन् । भविष्यमा यो यान्त्रिक विवेक अर्थात् यान्त्रिक दिमाग मानव सभ्यताकै लागि खतरा बन्ने विज्ञहरुले बताउने गरेका छन् ।
दुस्मन होइन, सारथी
कृत्रिम विवेकयुक्त मेसिनका विरोधीहरुले समेत स्विकारेको तथ्य के हो भने आजको दिनमा मेसिनहरुले हाम्रो जिवनलाई निकै सहज बनाइदिएका छन् । मासिनका लागि पेचिलो र मुस्किल मानिने कामलाई समेत रोबोटले निकै सहज रुपमा गर्न सक्दछ ।
अमेरिकाको कार्नेगी मेलान विश्वविद्यालयका प्राध्यापक तायको कनाडेका अनुसार मेसिन हाम्रो दुस्मन होइन मित्र हो । यो यस्तो विवेकशील हुन्छकी त्यसमा उच्च सहनशीलता हुन्छ र एक ढाँचालाई समाउन सक्दछ भने मानिसभन्दा निकै उच्चस्तरको सुझबुझ राख्दछ ।
रोगसँग लडिरहेछन् मेसिन
विश्वमा अरबौँ यस्ता मानिसहरु छन् जो लामखुट्टेबाट आजित छन् । लामखुट्टेले सार्ने रोगका कारण वर्षेनी लाखौँ मानिसहरुको ज्यान जाने गरेको छ । एडिस एजिप्टी जातको लामखुट्टेका कारण जिका र चिकनगुनिया जस्ता रोगहरु फैलिरहेका छन् । हरेक वर्ष १ सय २८ देशमा करीब ३९ करोड मानिसहरु डेंगुका सिकार हुन्छन् ।
डोमिनिकट रिपब्लिकका कम्प्युटर इन्जिनियर रिनर मल्लोल भन्छन्, सानो लामखुट्टे ठूलो राक्षस हो । उनले मलेसियन डाक्टर धेसी राजासँग मिलेर एउटा यस्तो मेसिन बनाएका छन् जुन मेसिनले विश्वका कुन ठाउँमा जिका तथा डेंगु जस्ता रोगहरु महामारीको रुपमा फैलिन सक्ने जोखिम छ भनेर बताउन सक्दछ ।
उक्त मेसिनको नाम आर्टिफिसियल इन्टेलिजेन्स इन मेडिकल इपिडिमियोलोजी राखिएको छ । यो मेसिनले डेंगुका हरेक नयाँ केसको समय तथा ठाउँको हिसाब राख्दछ । स्थानीय अस्पतालबाट मेसिनले यो जानकारी हासिल गर्दछ ।
साथै यो मेसिनले हावाको दिशा, तापक्रम, आवादीको दबाब आदिको तथ्यांक पनि राख्दछ । यी सबै तथ्यांकको आधारमा यो मेसिनले कुन इलाकामा डेंगुले महामारीको रुप लिन सक्ने खतरा छ भन्ने घोषणा गर्न सक्दछ ।
मलेसिया र ब्राजिलमा यो मेसिनको सफल परीक्षण भएको छ । रोगको विषयमा यो मेसिनले गरेको भविष्यवाणी ८८ प्रतिशत सम्म मिलेको छ । यो मेसिनले वास्तविक रुपमा रोगको महामारी फैलिनु ३ महिना अघि नै सही भविष्यवाणी गरेको छ । साथै यसले महामारी कुन ठाउँबाट सुरु भएको हो भन्ने पनि पत्ता लगाउन सक्दछ । यो दायरमा ४० मिटरको आसपास रहन्छ ।
यसैगरी माइक्रोसफ्ट कम्पनीले प्रोजेक्ट पि्रमनिसन चलाइरहेको छ । यसमा ड्रोनका माध्यमबाट लामखुट्टको क्षेत्र पत्ता लगाइन्छ । त्यसपछि रोबोट र ट्रयाप मेसिनको सहायताले लामखुट्टे समाइन्छ । त्यसपछि ती लामखुट्टे तथा लामखुट्टेले टोकेका जनावरको डिएनए नमूना लिइन्छ । जसबाट लामखुट्टेले कतिपटक टोक्दा कुनैपनि मानिस विरामी हुन्छ भन्ने पत्ता लगाइन्छ ।
बन्दुकसँग पनि लडिरहेको छ मेसिन
अमेरिकाको लस भेगासमा हालै एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ५९ जनाको ज्यान लियो । अमेरिकामा पछिल्लो एक वर्षमा १५ हजार मानिस यस्तो गोलीकाण्डबाट प्रभावित भएका छन् । बन्दुकका कारण धेरै मानिसको ज्यान जाने विकशित मुलुकहरुमा अमेरिका सबैभन्दा अगाडि छ । यस्तो गोलिबारी तथा बन्दुकसँग जोडिएका अपराधको निगरानीका लागि एजेन्सीहरुले प्रविधिको सहयोग लिइरहेका छन् ।
द शटस्पटर सिस्टम एउटा यस्तो तरिका हो जसमा सेन्सरको सहायताले कुनैपनि क्षेत्रमा बन्दुक चलेको आवाजलार्य ४५ सेकेण्डभित्र पुलिससम्म पूराउन सकिन्छ ।
मेसिनको सहायताले यो सिस्टममा दर्ज भएको आवाजको जाँच हुन्छ र बन्दुक वास्तवमा चलेको हो वा होइन भन्ने पत्ता लगाइन्छ । साथै कुनै एक व्यक्तिले गोली चलाएको हो की धेरै बन्दुकबाट गोली हानिएको छ भन्ने पनि पत्ता लगाइन्छ । साथै कस्तो खालको बन्दुक हो भन्ने कुरा पनि थाहा हुन्छ ।
संयुक्त राज्य अमेरिका, दक्षिण अमेरिकी केही देश तथा दक्षिण अपि|mकाका गरी ९० सहरमा यो सेन्सरको प्रयोग भैरहेको छ । यसमा अर्को सिस्टम पनि लगाइएको हुन्छ जसले गोलिबारीका घटनाको निगरानी गर्दछ । हालै ह्वाइट हाउसमा पनि यस्तै सेन्सर लगाइएको छ ।
शटस्पटरका सिइओ राल्फ क्लार्क यो सिस्टमको आगामी दिनमा झनै उत्कृष्ट प्रयोग हुनसक्ने बताउँछन् । यो मेसिनबाट एकत्रित भएका तथ्यांकहरुले भविष्यमा कहिले अर्को गोलिबारीको खतरा छ भन्ने अनुमान पनि लगाउन सकिन्छ । यसले पुलिसको काम तथा मानिसको सुरक्षालाई सबल बनाउनेछ ।
मेसिनको सहायताले मानिसले खाद्यान्नको रुपमा उपयोग गर्ने बालीनालीहरुलाई रोग प्रतिरोधी बनाउने तथा उत्पादन बढाउने कार्यमा पनि वैज्ञानिकहरु जुटिरहेका छन् । युगान्डाको कम्पालामा चलिरहेको एमक्रप्स परियोजना त्यसमध्येको एक हो ।
गुगलको डिपमाइन्ड तथा आइबिएम जस्ता कम्पनीहरु मानिसमा क्यान्सर रोग सुरुवाती अवस्थामै पत्ता लगाउनका लागि स्मार्ट मेसिन बनाउन जुटिरहेका छन् । गुगलले यसका लागि बेलायती नेसनल हेल्थ सर्भिस तथा लण्डन युनिभर्सिटी कलेज हस्पिटलसँग सहकार्य गरेको छ । उता आइबिएमले हालै वाटसन आर्टिफिसियल इन्टेलिजेन्सको निर्माणमा काम गरिरहेको छ जसले मानिसहरुमा ९६ प्रतिशत सम्म सही रुपमा क्यान्सर पत्ता लगाउन सक्दछ ।
साथै वैज्ञानिकहरुले स्वच्छ उर्जाको उत्पादन र वितरणका साथै विजुलीको प्रभावकारी खपत घटाएर प्रभावकारी उपयोगका लागि स्मार्ट मेसिनको निर्माण गर्नेतर्फ पनि जुटिरहेका छन् ।
बीबीसी