Comments Add Comment

माओवादीको यूटर्नः तत्काल सरकार नछाड्ने, चुनाव सार्न खोजेको आशंका

गृहमन्त्री जनार्दन शर्मा । फाइल तस्वीर

३१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ । सरकार छाड्ने तयारी स्वरुप पत्रकार सम्मेलन गरेका गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्न खोजेको सूचना आएको भन्दै राजीनामा नदिने घोषणा गरे ।

गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले सरकार छाड्ने घोषणा गर्न बनाइएको पत्रको ड्राफ्ट समेत देखाएका छन् । उनले सञ्चारकर्मीलाई पत्र देखाउँदै भने, ‘निर्वाचन सार्न अहिले प्रपञ्च भइरहेको भन्ने सूचनाहरु आइरहेको कारणले आजलाई सरकार छाड्ने कुरा स्थगित भएको छ ।’

पार्टी अध्यक्ष प्रचण्डले सरकारबाट फिर्ता हुने भनेर हस्ताक्षर गर्नैलाग्दा निर्वाचन सारिँदैछ भन्ने सूचना निर्वाचन आयोगमार्फत् आएपछि सरकार नछाड्ने निर्णय स्थगित भएको उनले बताए ।

कुनै हालतमा निर्वाचन गर्नैपर्ने भन्दै उनले भने, ‘निर्वाचन सार्ने गरी कुनै निर्णय हुँदैछन् भन्ने सूचना आएपछि यदि त्यसो हो भने सरकारबाट हट्नु हुँदैन ।’

यद्यपी सरकारमा बस्ने र मन्त्री पद ओगटिरहने लोभ आफूहरुलाई नभएको शर्माले बताए । उनले भने, ‘सरकारमा बस्न लोभि छैनौं । मन्त्रीको लोभले सरकार नछाड्ने भनेको होइन ।’

मन्त्री शर्माले सरकारबाट राजीनामा नदिने पनि बताए । यद्यपी सरकारमा बस्ने र मन्त्री पद ओगटिरहने लोभ आफूहरुलाई नभएको उनले बताए । उनले भने, ‘सरकारमा बस्न लोभि छैनौं । मन्त्रीको लोभले सरकार नछाड्ने भनेको होइन ।’

मंगलबार विहान मात्र माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दा माओवादीबाट मन्त्री भएकाहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए ।

लगत्तै माओवादी मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारीमा जुटेको थियो । तर, संसद पनि नभएको र सरकार पनि छाड्दा प्रधानमन्त्रीले चुनाव सार्न सक्ने नेताहरुको आशंका छ ।

माओवादीका एक नेताले भने, ‘कम्तिमा कात्तिक ५ गतेसम्म हामीले सरकार छाड्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment