Comments Add Comment

मालेका चार नेता पार्टीबाट निष्काशित

माले महासचिव सीपी मैनाली

३१ असोज, काठमाडौं । नेकपा मालेले पोलिटव्यूरो सदस्यसहित चार नेतालाई पार्टी सदस्य समेत नरहने गरी निष्काशित गरेको छ ।

पोलिटव्यूरो सदस्यहरु हिक्मतबहादुर देउवा, गंगाप्रसाद चौधरी, विरेन्द्र थपलिया र केन्द्रीय सदस्य सीता महत देउवालाई मालेले निष्काशित गरेको हो ।

उनीहरुले पार्टीको एकता विपरित गुटवन्दी र फुटपरस्त गतिविधि गरेको आरोप मालेले लगाएको छ । माले महासचिव सीपी मैनालीले मंगलबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीको एकता विपरित गुटबन्दी र फुटपरस्त गतिविधिमा सकृय रहेको पाइएकाले नीजहरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कार्यवाही गर्दै पार्टीका सबै जिम्मेदारीबाट पदच्युत गरी पार्टी सदस्यताबाट समेत निष्काशित गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment