Comments Add Comment

मतपत्र विवादमा सर्वोच्चले बुधबार निर्णय सुनाउने


३१ असोज, काठमाडौं । मतपत्र विवादमा सर्वोच्च अदालतले भोलि निर्णय सुनाउने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि फरक फरक मतपत्र कायम गर्न माग गर्दै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा रिट हालेका थिए ।

न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सकिएको छ र भोलि निर्णय सुनाउने तय भएको छ ।

यो मुद्दामा सर्वोच्चले गर्ने फैसलाले आगामी चुनाव पूर्वनिर्धारित मितिमा हुने नहुने तय हुनेछ ।

यदि रिट निवेदकले माग गरेको जस्तो प्रदेश र प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकका लागि फरक फरक मत पत्र छाप्न आदेश भएमा चुनाव सर्नेछ ।

रिट खारेज भएमा भने चुनावका लागि बाटो खुल्नेछ ।

निर्वाचन आयोगले भने प्रदेश-प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका लागि दुई मत पत्र छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment