Comments Add Comment

उर्जामन्त्री बने कमल थापा, गृह र परराष्ट्र शेरबहादुरको जिम्मा !

यस्तो छ देउवाको जम्बो मन्त्रिमण्डल (सूचीसहित)

३१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं राखेका छन् ।

मंगलबार अपराहृन नयाँ मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको हो ।

माओवादीलाई जिम्मेवारीबाट हटाएर खाली गराइएको परराष्ट्र मन्त्रालय पनि प्रधानमन्त्रीले आफैं राखेका छन् ।

शनिबार सपथ ग्रहण गरेका मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जयन्त चन्दले आपूर्ति मन्त्रालय र विक्रम थापाले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रंधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

देउवाको जम्बो मन्त्रिमण्डलको सूची 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment