Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः मन्त्रीको डेरामै करोड खर्च

१ कात्तिक, काठमाडौं । बुधबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई समेटेका छन् ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका सबै मन्त्रीहरु विनाविभागीय बनेको खबरलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले मुख्य समाचार बनाएर छापेका छन् । सरकारबाट बाहिरिने मनस्थिति बनाएको माओवादी मन्त्री विनाविभागीयकै हैसियतमा बस्नुको कारणसमेत पत्रपत्रिकाहरुमा पढ्न सकिन्छ ।

शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका केही मन्त्री तथा राज्यमन्त्रीको डेरा व्यवस्थापनमै एक करोड खर्च भएको छ । पछिल्लो विस्तार अघिकमा ५४ मध्ये आठजना मन्त्री र २६ जना राज्यमन्त्रीलाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ अभाव भएपछि सरकारले बाहिरै व्यवस्थापन गरी भाडामा राखेको खबर पत्रपत्रिकाले आज छापेका छन् ।

दलहरुको निर्वाचन तयारीलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् । त्यस्तै रानीपोखरीको नक्सा नै गलत भएको अर्को खबरलाई आजका पत्रपत्रिकाहरुरुले महत्त्व दिएर छापेका छन् ।

वाम एकताले लोकतन्त्रमा चुनौती पुगेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको गोरखापत्र दैनिकले माओवादी सरकारबाट हट्ने खबरलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ । जिसस सञ्चालनका लागि छुट्टै ऐनको मागलाई गोरखापत्रले एंकर बनाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले पनि अन्य पत्रिकाहरुले जस्तै माओवादी मन्त्रीले सरकार नछाड्ने खबरलाई मुख्य समाचार बनाएको छ । अन्नपूर्णमा मन्त्रीको डेरामै करोड खर्च भएकोदेखि निर्धारित मितिमै निर्वाचन हुन्छ भनेर प्रमुख निर्वाचन आयुक्तले व्यक्त गरेको भनाइसम्म छ ।

‘माओवादी मन्त्री जिम्मेवारीविहीन’ शीर्षक दिएर मुख्य समाचार लेखेको नयाँ पत्रिका दैनिकले कांग्रेसले सात जिल्लाको उम्मेदवार टुंग्याएको खबरलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ । प्रहरीले नै बन्धक बनाएर असुली गरेकोदेखि रानीपोखरीको नक्सा गलत हुँदा निर्माण अलपत्र परेको सम्मका खबर नयाँ पत्रिकाको पहिलो पेजमा छ ।

कान्तिपुर दैनिकले माओवादीका सबै मन्त्री विनाविभागीय बनेको लेखेको छ भने नागरिक दैनिकले गोपाल खड्का मन्त्रालय तानिन लागेको खबर प्राथमिकताका साथ प्रकाशित गरेको छ । द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment