Comments Add Comment

रानीपोखरीको नक्सा नै गलत, निर्माण कार्य अन्योलमा

१ कात्तिक, काठमाडौं । साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो ।

पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषयमा अन्योल भएपछि रानीपोखरी निर्माण वर्ष दिनदेखि अलपत्र बन्न पुगेको छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नक्सामा त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र बनेको बताए । ‘रानीपोखरीको नक्सा हामीले नै बनाएका हौँ । तर, पछि त्रुटिपूर्ण देखियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषय अझै टुंगो लागेको छैन, यही कारण निर्माण कार्य रोकिएको हो,’ उनले भने ।

महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीको नेतृत्वमा रानीपोखरीको नक्सा तयार गरिएको थियो । तयार नक्सा त्रुुटिपूर्ण रहेको तथ्य त्यतिवेला पत्ता लाग्यो, जतिवेला पानी सुकाएर रानीपोखरी पूर्णरूपमा भत्काइसकिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment