Comments Add Comment

सेवा निवृत्त हुँदै राजेन्द्रकिशोर क्षेत्री, अब को बन्ला मुख्यसचिव ?

१ कात्तिक, काठमाडौं । आगामी साताभित्रै नयाँ मुख्यसचिवको नियुक्ति हुने भएको छ । साढे तीन महिनाको कार्यकाल सकेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हुँदैछन् ।

२९ असारमा मुख्यसचिव नियुक्त क्षेत्री सेवानिवृत्त हुनुअगावै सरकारले तिहारलगत्तै ३ वर्षका लागि नयाँ मुख्यसचिव नियुक्तिको गृहकार्य थालेको छ ।

३ जना वरिष्ठ मुख्यसचिवको दौडमा छन् । कार्यरत ५० जनाभन्दा धेरै सचिवमध्ये ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिव बन्ने दौडमा छन् ।

मुख्यसचिव सरकारको कर्मचारीतन्त्रको सबैभन्दा माथिल्लो पद हो । मुख्यसचिवको प्रमुख दावेदार मानिएका तीनैजना सचिव विभिन्न राजनीतिक नेतृत्वमार्फत आफूअनुकूल स्थिति सिर्जना गर्न दबाब दिइरहेको स्रोतलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment