Comments Add Comment

कांग्रेसका उम्मेदवारःदेउवा सरकार ढाल्नेदेखि मुख्यमन्त्रीका दाबेदारसम्म

बलबहादुर केसी सोलुखुम्बुबाट छैटौं पटक प्रतिस्पर्धा गर्दै

१ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ मध्ये ७ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार तय गरेको छ ।

मंगलबार बसेको संसदीय बोर्डको बैठकले ताप्लेजुङ,पाँचथर,सोलुखुम्बु,खोटाङ,मनाङ,हुम्ला र जाजरकोटमा उम्मेदवार तय गरेको हो ।कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यमा केशवप्रसाद दाहाल उम्मेदवार तय भएका छन् । उनले एमाले सचिव योगेश भट्टराईसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै प्रदेशसभातर्फ १ मा लिलादेवी बोखिम र २ मा दिपेन्द्रकुमार सेन्दाङ उम्मेदवार तय भएका छन् । त्यस्तै पाँचथरमा भिष्मराज आङदेम्बे प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । उनी कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सांसद हुन् ।

प्रदेशसभातर्फ १ नम्बरमा नरेन्द्रकुमार केरुङ र २ मा सुरेन्द्र दाहालको नाम तय भएको छ ।

सोलुखुम्बुमा केन्द्रीय सदस्य बलबहादुर केसी उम्मेदवार बन्ने भएका छन् । केसी २०४८ सालदेखि लगातार सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका छन् ।

दिपकजंग शाह तीनै नेता हुन्,जसले २०५३ सालमा आफ्नै नेता शेरवहादुर देउवा प्रधानमन्त्री भएका बेला अविश्वास प्रस्तावमा मतदान हुँदा संसदमा अनुपस्थित भएर देउवा सरकार ढाल्न सहयोग गरेका थिए

२०६४ बाहेक सबै चुनाव उनले जितेका छन् । यो सहित केसी सोलुखुम्बुमा उम्मेदवार बनेको छैटौं पटक हो । सोलुखुम्बुको प्रदेशसभामा एकबाट प्रकाशसिंह कार्की र २ बाट आङगेुल शेर्पा उम्मेदवार तय भएका छन् ।

खोटाङको प्रतिनिधिसभामा कांग्रेसले शरस्वती बजिमयलाई उम्मेदवार तय गरेको छ भने प्रदेशमा १ बाट सुभाषकुमार पोखरेल र २ बाट बिष्णुकुमार राईको नाम टुंगो लागेको छ ।

मनाङको प्रतिनिसिधभामा टेकवहादुर गुरुङ प्रदेशमा क्रमशः चिन्तावहादुर घले र कर्मा गुरुङको नाम तय भएको छ ।

हुम्लामा प्रतिनिधिसभामा मंगल शाही उम्मेदवार बन्ने भएका छन् भने प्रदेशमा क्रमशः ठानबहादुर रोकाया र जीवनवहादुर शाही उम्मेदवार तय भएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शाही ६ नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन् ।

जाजरकोटबाट कांग्रेसले राजिवविक्रम शाहलाई प्रतिनिधिसभाको उम्मेदवार उठाएको छ । प्रदेशतर्फ क्रमशः बेदवहादुर सिंह र दिपकजंग शाह उम्मेदवार बनेका छन् ।

जाजरकोट जिल्ला सभापति समेत रहेका दिपकजंग शाह तीनै नेता हुन्,जसले २०५३ सालमा आफ्नै नेता शेरवहादुर देउवा प्रधानमन्त्री भएका बेला अविश्वास प्रस्तावमा मतदान हुँदा संसदमा अनुपस्थित भएर देउवा सरकार ढाल्न सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment