Comments Add Comment

घरेलु खेलाडी सारापोभा क्रेमलिन कपको पहिलो चरणबाटै बाहिरिइन्

१ कात्तिक, काठमाडौं । घरेलु खेलाडी मारिया सारापोभाले क्रेमलिन कपको पहिलो चरण बाटै बाहिरिएकी छिन् ।

प्रतिबन्ध बाट फर्किएपछि पहिलो पटक घरेलु कोर्टमा खेलेकी सारापोभा स्लोभाकियाकी मगदेलेना रिबारीकोभासाग दुई-शून्यको सेटमा पराजित भएकी हुन् ।

रिबारीकोभाले पांच पटककी ग्रान्डस्लाम च्याम्पियन सारापोभालाइ ७-६, ६-४ को सहज सेटमा हराइन् । योसँगै एक साताको अन्तरालमा दोस्रो उपाधी जित्ने सारापोभाको सपना सकिएको छ ।

दुई दिन अघि उनले चीनमा भएको तियान्जिन ओपन टेनिसको उपाधी जितेकी थिइन् । सन २००७ पछि पहिलो पटक रुसमा डब्लु टिए इभेन्टमा सहभागी भएकी सारापोभा केह निर्भस देखिएकी थिइन् ।

हाल ५७ औं वरियतामा रहेकी सारापोभा वरियताका सुधारका लागि मेहनत गरिरहेकी छिन् । पुर्व नम्बर एक सारापोभा २०१५ मा प्रतिबिन्धत औषधि प्रयोग गरेको आरोपमा १५ महिनाको प्रतिबन्धमा परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment