Comments Add Comment

बिहेपछि नीशालाई ‘रोमियो’को आश


नायिका नीशा अधिकारीले क्रिकेटर शरद भेष्वाकरसँग केही महिना अगाडि बिहे गरिन् । नीशाको बिहेपछि अब उनको करिअर के होला भन्ने चर्चा पनि नचलेको होइन । हुनत, बिहेपछि नायिकाको करिअर सकिएका उदाहरण नेपाली चलचित्रमा धेरै देखिएका छन् ।

बिहेपछि नीशा अभिनित रिलिज हुन लागेको पहिलो चलचित्र ‘रोमियो’ हो । यो चलचित्र कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । चलचित्रको ट्रेलर र ‘ल्याङ ल्याङ’ बोलको गीतलाई दर्शकले अत्यन्त माया गरेका छन् ।

शंकर कार्कीको निर्देशनमा तयार भएको चलचित्रमा मेलिना मानन्धर, हसनराजा खान, नीशा अधिकारी र नव–कलाकार ओसिमा बनुको मुख्य भूमिका छ ।
चलचित्रमा ‘बाबरी’ नाम गरेकी यूवतीको भूमिकामा देखिएकी नीशा यो चलचित्रबाट सफल हुन चाहन्छिन् । निर्माता तथा नायक हसनराजा खान पनि नीशाको भूमिकालाई दर्शकले रुचाउनेमा ढुक्क छन् ।

लभस्टोरी जनराको यो चलचित्रले नीशाको करिअरलाई बिहेपछि कता डोर्याउँछ, यो हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment