Comments Add Comment

दक्षिण कोरियामा हुने मोडलिङ अवार्डमा नेपालबाट सिम्रन

दक्षिण कोरियाको सोलमा आयोजना हुने अन्तरराष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत ‘ब्राइडल अवार्ड २०१७’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् ।

२० देखि २४ अक्टुबरसम्म आयोजना हुने यो अवार्डमा २५ देशका ४५ मोडलहरुको सहभागीता रहनेछ । सिम्रन केही महिना पहिले राजधानीमा आयोजित ‘मोडल हन्ट नेपाल २०१७’की फष्ट रनरअप हुन् ।

बिभिन्न देशको कलासंस्कृती, भेषभुषा प्रदर्शन गर्ने उदेश्यले आयोजना हँुदै आएको अवार्डमा खड्काले डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृती झल्कने, मौलीक र राष्ट्रिय पहिरन सहित प्रस्तुति दिनेछिन् ।

देशको कलासंस्कृती अन्तरराष्ट्रिय स्तरमा पुर्याउन र अन्तराष्ट्रिय मोडलिङ अवार्ड स्वदेश भित्र्याउन आफू सहभागी हुन लागेको खड्काले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment