Comments Add Comment

तलव नपाएपछि गोकुलेश्वर अस्पतालका कर्मचारीद्वारा ओपीडी सेवा बन्द

१ कात्तिक, दार्चुला । शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर अस्पतालको ओपीडी सेवा कर्मचारीहरुले बन्द गरेका छन् ।

तीन महिनादेखि तलबभत्ता नपाएको भन्दै कर्मचारीहरुले आकस्मिक सेवा बाहेकका सेवाहरु बहिस्कार गरेका हुन् । तर, अस्पतालामा आएका विरामीहरुलाई भने आकस्मिक कक्षबाटै सेवा प्रदान गरिरहेको गोकुलेश्वर अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डाक्टर सरिता जोशीले बताइन् ।

पटक पटक स्थानीय तहमा तलबभत्ताको लागि पत्राचार गर्दा कहिले पाउने भन्ने बारेमा समेत जानकारी नभएपछि बाध्य भएर ओपीडी सेवा बन्द गर्नु परेको डा.जोशीले बताइन् ।

बिरामीलाई मर्का पार्न नभई नगरपालिकालाई दवाब दिन ओपीडी सेवा बहिस्कार गरेको डाक्टर जोशीको भनाइ छ ।

अस्पतालका कर्मचारीहरुको तलबभत्ता नगरपालिका मार्फत आउने भएपछि पटकपटक नगरपालिकालाई पत्राचार गरिएको तर अहिलेसम्म कर्मचारी तलबभत्ता पाउन नसकेको अस्पताल व्यस्थापन समितिका अध्यक्ष धनबहादुर विष्टले बताए ।

यता शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिँह धामीले स्वास्थ्य विभागले अस्पतालका कर्मचारीहरुलाई तलबभत्ता खुवाउन पत्राचार गरेको तर रकम निकाशा नगरिदिदा समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment