Comments Add Comment

यी हुन् दुनियाका अभागी मानिसहरु (फोटोफिचर)

सोसल साइटमा धेरै मानिसहरुले आफैसँग घटित गम्भीर घटनाहरु बारेका तस्वीर पोष्ट गर्दछन् । कतिपय तस्वीरहरु हेर्दा लाग्दा सायद ती मानिस दुनियाका सबैभन्दा अभागी मानिसहरु हुन् ।

साँच्ची जिन्दगीमा कहिले के हुन्छ ? भन्न सकिँदैन । योजना एकातिर बनाइएको हुन्छ र घटना अर्कै घटिदिन्छ । कल्पनै नगरिएको घटनाले सारा योजना धुलिसात पारिदिन्छ । अनि हामी भाग्यलाई दोष दिन्छौँ । यस्ता घटनाहरु घट्छन् जुन हाम्रो बसमा हुँदैनन् । सायद यी तस्वीरले बोल्ने घटनामा परेका मानिसहरु पनि दुनियाका तिनै अभागी मानिसहरुमध्येका हुन्ः

१. जब भाग्यले ठग्दछ तब होसियार भएर गाडी चलाउँदा पनि यसरी बीच सडकमै बज्र खस्छ

२. साइकल चलाइरहेको बेला यी मानिसलाई सायद कुनै कल्पना थिएन की यसरी हिलोमा गाडिन पुग्छु भन्ने

३. जलाशयमा जमेको बरफमाथि गाडी चलाउनुको परिणाम यस्तो भोग्नुपर्‍यो

४. डुंगामा हेलिकप्टर अवतरण गराउनु यिनीहरुका लागि सायद ठूलो दुर्भाग्य बनेको छ । सायद यो हेलिकप्टरका कारण डुंगा अनियन्त्रित भएर डुब्नेवाला छ ।

५. आफ्नै कारमा आगो लाग्यो । तर यी अभागी महाशय भने हाँसीहाँसी सेल्फी खिच्दैछन्

६. आइस केकको बारेमा त सुन्नुभएकै होला । तर यहाँ त ठूलै डुंगा नै बरफले छोपिएर आइस बोट भयो । परेन त यिनीहरुलाई फसाद ?

७. हेर्नुस् त यी अभागी पसले । जसको पसलमा दर्जनौँ महंगा वाइनका बोतल फुट्नाले यसरी रक्सीको पोखरी नै बन्यो

८. कपडामा आइरन लगाउने बेला यसरी आइरन गुन्द्रीमा राखेपछि । आइरन र गुन्द्री दुबै चट्

९. जब फोहोर बोकेको ट्रकको ढोका एकाएक बीच सडकमै खुल्न पुग्यो । अब बीच सडकमै भएभरको फोहोर पोखिएपछि त्यो उठाउनेलाई परेन त फसाद ?

एजेन्सीको सहगोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment