Comments Add Comment

यी हुन् अमेरिकाकै धनीको सूचीमा परेका प्रविधि जगतका अर्वपतिहरु

विज्ञान तथा प्रविधिको क्षेत्रबाट आफ्नो भाग्य चम्काउन सफल अर्वपतिहरुले यो वर्षपनि अमेरिकाका सबैभन्दा धनी ४ सय मान्छेको सूचिमा आफुहरुलाई अब्बल सावित गरेका छन् ।

फोब्र्सले सार्वजनिक गरेको अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचि The Forbes 400 मा प्रविधि उद्योगका हस्तीहरुको बोलवाला रहेको छ ।

अमेरिकाका सबैभन्दा धनी चार धनाढ्य मध्ये ३ जना त प्रविधि क्षेत्रकै छन् । त्यस्तै कुल ४ सय जनामा ५९ जना प्रविधि क्षेत्रका रहेका छन् ।

फोब्र्सका अनुसार ५९ जना टेक टाइकून मध्ये ५ जनाको बाहेक अरु सबैको सम्पत्ति गत वर्षभन्दा बढेको छ । ती ५९ जनाको कूल सम्पत्ति ७ खर्ब १ अर्ब ५० करोड डलर रहेको छ ।

प्रविधि अर्बपतिहरुको औषत सम्पत्ति ११ अर्ब ९० करोड रहेको छ, जुन समग्र ४ सय अर्वपतिको औषत ६ अर्ब ७० करोड भन्दा निकै बढी हो ।

अमेरिकाका सबैभन्दा धनाढ्य ४ सय व्यक्तिमा ५९ जना प्रविधि क्षेत्रका परेकोमा ती ५९ मध्ये केवल ४ जना मात्र महिला रहेका छनु । अझ त्यसमा पनि केवल २ जनामात्र आफ्नो बलबुताले अर्बपति बनेका हुन् ।

को को हुन् ती अर्वपति ?

विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्स लगातार २४ वर्ष अमेरिकाको सबैभन्दा धनी व्यक्तिमा पर्न सफल भए । माइक्रोसफ्ट कम्पनीको ४ अर्ब ६० करोड डलरको शेयर च्यारिटी फाउन्डेसनलाई दान गर्दा समेत उनको पहिलो स्थान डगमगाएन । उनको सपत्ति ८९ अर्ब डलर बराबरको रहेको छ । सन् २०१४ मा माइक्रोसफ्टको अध्यक्षबाट राजिनामा दिएका गेट्स अहिलेपनि कम्पनीको बोर्डमेम्बर हुन् भने कम्पनीको १.३ प्रतिशत शेयर उनको नाममा रहेको छ ।

केही महिना अघि केवल चार घण्टाका लागि बिल गेट्सलाई उछिन्दै विश्वको सबैभन्दा धनी मानिस बन्न सफल अमेजनका संस्थापक जेफ बेजोस विश्वका दोश्रो धनीसँगै अमेरिकामा पनि दोश्रो धनी मानिस हुन् । उनको कुल सम्पत्ति ८१ अर्ब ५० करोड डलर रहेको छ । अमेजन कम्पनीमा उनको १७ प्रतिशत शेयर रहेको छ । बेजोस पनि पछिल्लो समय परोपकारी कार्यमा जुट्दैछन् । अन्तरीक्ष अनुसन्धानका लागि उनले ब्लु ओरिजिन नामक कम्पनी खडा गरेका छन् र उक्त कम्पनीलाई हरेक वर्ष १ अर्ब डलर प्रदान गर्ने उनको योजना छ ।

कुल ७१ अर्ब डलर सम्पत्तिको साथमा फेसबुक संस्थापक मार्क जुकरबर्ग अमेरिकाको चौथो धनी व्यक्ति बनेका छन् । उनी अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिमा सातौँ कम उमेरको व्यक्ति पनि हुन् । फेसबुकको शेयर मूल्यमा आएको बढोत्तरीसँगै जुकरबर्गको सम्पत्ति पछिल्लो एक वर्षमा १५ अबै ५० करोड थपिएको छ ।

कलेजको पढाइ छाड्नेहरु अब्बल

रोचक कुरा त के भने प्रविधि उद्योगका यी तिनजना अर्बपतिहरु मध्ये दुईजना त कलेजको पढाई छाडेर हिँडेका अर्थात् कलेज ड्रपआउट हुन् । गेट्स र जुकरबर्गले कलेजको पढाई बीचमै छाडेका थिए । अमेरिकाका ४ सय धनाढ्यको सूचिमा परेका ५९ जना प्रविधि अर्वपतिमध्ये २० प्रतिशत कलेज ड्रपआउट रहेका छन् । त्यस्तै १५ प्रतिशतले विद्यावारिधी गरेका छन् ।

विद्यावारिधी गरेको अमेरिकाको सबैभन्दा धनी व्यक्ति चाहीँ गुगलको मातृ कम्पनी अल्फाबेटका अध्यक्ष इरिक स्कमिडिट हुन् ।

अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचिमा पर्न सफल केही अन्य प्रविधि धनाढ्यहरु र उनीहरुको स्थान यसप्रकार छ

ल्यारी इलिसन, ओरेकल – ५औं

ल्यारी पेज, गुगल – ९औं

सेर्गेइ बि्रन, गुगल – १०औं

स्टिभ बाल्मर, माइक्रोसफ्ट – १५औं

माइकल डेल, डेल कम्प्युटर – १९औं

पाउल अलेन, माइक्रोसफ्ट – २२औं

लरेन पावेल जब्स, एप्पल, डिज्ने – २४औं

डस्टिन मोस्कोभिज, फेसबुक – ३२औं

इरिक स्कमिडिट, गुगल – ३५औं

जान कोम, ह्वाट्सएप – ४८औं

डेभिड फिलो, याहु – ११८औं

रेड होफम्यान, लिंक्डइन – २४०औं

इभान स्पाइजेल, स्नापच्याट – २४८औं

जेरी यांग, याहु – ३२४औं

ज्याक डोर्सी, टि्वटर – ३५९औं

फोर्ब्स म्यागेजिनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment