Comments Add Comment

तस्वीरमा हेर्नुस् नेपाल प्रहरीको कुकुर पूजा

१ कात्तिक, काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार, हिन्दू धर्मालम्वीहरुले मानवको सेवकको रुपमा घरघरमा कुकुरको पूजा गर्दैछन् ।

नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन मानवको रक्षक र आज्ञाकारी जनावरको रुपमा कुकुर मान्छेसाग नजिक रहेको मान्यता अनुसार कुकुर पूजा गरिन्छ ।

अपराध अनुसन्धानका लागि सबैभन्दा उपयुक्त जनावरको रुपमा लिइने कुकुरको पूजा नेपाल प्रहरीले बिशेष रुपमा गरेको छ । नेपाल प्रहरीको महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिक केन्द्रमा अपराध अनुसन्धानका लागि परिचालन गरिने कुकुरहरुको पुजा गरिएको हो ।

कुकुर पूजाका अवसरमा अनुसन्धानका क्रममा उत्कृष्ठ ठहरिएका कुकुरहरुलाई बिशेष सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment