Comments Add Comment

चुनाव हुने आशमा बजारमा वृद्धि, तिहारअघि बढेर बन्द


१ कात्तिक, काठमाडौं । कारोबारको पहिलोसत्रमा घट्दो क्रममा देखिएको बजार बन्द हुँदा ९.१७ अंकले बढेर १ हजार ५ सय ६८ विन्दुमा आइपुगेको छ ।

संघ र प्रदेशको मतपत्र एउटै भएको भन्दै सर्वोच्च अदालतमा परेको उजुरीको निर्णयमा सरकारलाई चुनाव गर्न बाटो खुला भएपछि लगानीकर्ताहरुमा पनि आश जाघेको हो । सोमवार बढेको बजार सरकारबाट माओवादी बाहिरिने, चुनाव सर्न सक्ने खबरहरु आएपछि मंगलवार घटेको थियो ।

बुधवार तिहार अघिको अन्तिम कारोबार हो । बजार बढेर बन्द हुँदा यसले तिहारपछि पनि बजार बढ्ने अपेक्षा लगानीकर्ताहरुलाई गराएको छ । तिहारपछि बजारमा अहिले जस्तो सेयर आपुर्तीको चाप नहुने अनुमान सरोकारवालाहरुले गरेका छन् ।

चुनाव र सरकारको सम्बन्धमा भावि दिनमा आउने खबरहरुले भने बजारमा तरंगहरु आइरहने सम्भावना भने छ । हाल बैंकहरुले निक्षेपको व्याजदर थप घटाइरहेकोले पनि बजारमा लगानीकर्ताको आकर्षण बढ्ने मानिएको छ । अझै कतिपय संस्थाहरुबाट लाभांश तथा लाभांश प्राप्त गर्न सकिने दिन (बुक क्लोज) घोषणा हुन बाँकी रहेकोले पनि बजार वृद्धि हुनेमा लगानीकर्ताहरु आशावादी देखिएका छन् । त्यस्तै, चुनाव सम्पन्न हुन सकेमा बजारमा २ सयसम्म वृद्धिको अपेक्षा विश्लेषकहरुले गरेका छन् । त्यसअघि भने बजारमा उच्च वृद्धि नहुने उनीहरुको प्रक्षेपण छ ।

बुधवार भने सेयर बजारमा कारोबार रकम घटेको छ । नियमित कारोबार हुने लगभग १४ कम्पनीको सेयर कारोबार मध्यसम्म खुला नभएकोले पनि बजारमा कारोबार रकम घटेको हो । ४३ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको हो भने कारोबार भएका कम्पनीको संख्या अघिल्लो दिनको तुलनामा केही घटेर १ सय ४५ मा सिमित भएको छ । नविकरण शुल्क समयमा नबुझाउदा ती कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो । शुल्क प्राप्त हुने वित्तीकै नेप्सेले कारोबार खुला गरिदिने गरेको छ ।

बजारमा रहेका सबै समूहगत परिसूचक बढेको छ । बिमा, ‘अन्य’ र व्यापारमुलक समूहमा सबैभन्दा धेरैले वृद्धि भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment